default_image

7 years ago

April 4, 2018

पारसको विराटनगरलाई पहिलो सफलता

67 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टिमका कप्तानसमेत पारस खड्काको कप्तानीमा रहेको विरानगर किङ्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ मा पहिलो जित निकालेको छ । अञ्चल प्रहरी कार्यालय एसएसपी मैदानमा बुधबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै विराटनगरले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

विराटनगर आफ्नो पहिलो खेलमा महेन्द्रनगर युनाइटेडसँग ३३ रनले पराजित भएको थियो । रुपन्देहीको भने यो तेस्रो हार हो । विराटनगरले दिएको १ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रनमात्र बनाउन सक्यो । रुपन्देहीका ओपनर प्रदिप ऐरीले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा टोली पराजित हुन पुग्यो ।

दीपक प्रसादले २२ रन जोडे । यस्तै कप्तान शक्ति गौचन र सुसन भारीले आठौं विकेटको लागि अन्तिम चार ओभरमा ३५ रनको साझेदारी गरेपनि टिमलाई जिताउन सकेनन् । शक्ति १४ रनमा तथा सुसन २१ रनमा अविजित रहे । ९ बल खेलेका सुसनले २ छक्का र १ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । विराटनगरका शुभम कामत एक्लैले ४ विकेट लिए । रामनरेश गिरीले २ र पारसले एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रनको विशाल योगफल तयार पारेको थियो । विराटनगरका लागि हङकङका कप्तानसमेत रहेका बाबर हायातले अर्धशतकीय इनिङ्स खेलेका थिए । बाबरले ३५ बलको सामना गर्दै ५८ रन जोडे । उनले ४ चौका र ४ छक्का प्रहार गरे । ओपनर दीलिप नाथले ४३ रन जोडे । ३७ बलको सामना गरेका उनले १ छक्का र ६ चौका प्रहार गरे ।

अर्का ओपनर अनिल कुमार साहले २५ बलमा ३ चौका र ३ छक्को मद्दतमा ३६ रन बनाए । पारस २२ तथा सौरभ खनाल १७ रनमा नटआउट रहे । रुपेन्देहीका सुफायन मुहम्मदले २ तथा जितेन्द्र मुखिया र सागर पुनले १ विकेट लिए । काठमाडौंका बाबर खेलको म्यान अफ दी म्याच चुनिए । लगातार तेस्रो हार बेहोरेपछि रुपन्देहीको प्ले अफ सम्भावना लगभग समाप्त भएको छ । दुई खेलमध्ये पहिलो जित निकालेको विराटनगरले भने प्ले अफ सम्भावना जीवितै राखेको छ ।

प्रतियोगिता अन्र्तगत आजको दोस्रो खेलमा लिगको शीर्ष स्थानमा रहेको काठमाडौं गोल्डेन्स र सिवाइसी अत्तरिया खेल्दैछन् ।

March 12, 2025

नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला […]

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

Success

Thank you for your time.