default_image

6 years ago

April 4, 2018

रुपन्देही १ सय ८२ रनको लक्ष्य पछ्याउदै

28 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – लगातार दुई खेलमा पराजय भोगिसकेको रुपन्देही च्यालेन्जर्सले आफ्नो तेस्रो खेलमा जितका लागि १ सय ८२ रनको विशाल लक्ष्य प्राप्त गरेको छ । विराटनगर किङ्सले हङकङका कप्तानसमेत रहेका बाबर हायातले अर्धशतक पुरा गरेपछि बुधबारको पहिलो खेलमा पहिले विराटनगर किङ्सले रुपन्देहीविरुद्ध १ सय ८१ रन बनाएको छ ।

टस हारेर ब्याटिङमा उत्रेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर त्यो स्कोर खडा गरेको हो । बाबरले ३५ बलको सामना गर्दै ५८ रनको बनाएका थिए । उनले ४ छक्का र ४ चौका प्रहार गरे । ओपनर दीलिप नाथले ४३ रन जोडे । ३७ बलको सामना गरेका उनले १ छक्का र ६ चौका प्रहार गरे ।

अर्का ओपनर अनिल कुमार साहले २५ बलमा ३ चौका र ३ छक्को मदतमा ३६ रन बनाए । कप्तान पारस खड्का २२ रन रदसौरभ खनाल १७ रनमा नटआउट रहे । रुपेन्देहीका सुफायन मुहम्मदले २ तथा जितेन्द्र मुखिया र सागर पुनले १ विकेट लिए ।

यो खेलमा पनि पराजय बेहोरे शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्स प्रतियोगिताको प्ले अफ पुग्ने सम्भावना लगभग समाप्त हुनेछ । विराटनगरले खेल आफ्नो पक्षमा पारे प्ले अफ सम्भावना जीवितै राख्नेछ ।

September 30, 2024

युएईमाथि अमेरिकाको पहिलो जित

एजेन्सी – अमेरिकाले टि ट्वान्टी आईमा युएईमाथि पहिलो पटक जित हासिल गरेको छ । नामिबियामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा अमेरिकाले युएईलाई १५ रनले हराएको हो । यसअघि भएको दुई भेटमा भने १ खेल युएईले जित्दा १ मा बराबरी भएको थियो । १ सय ७६ रनको लक्ष्य पछ्याएको युएईले २० ओभरमा ८ विकेट गुमाएर १ […]

September 30, 2024

ज्ञानेन्द्र मल्ल कर्णाली को प्रशिक्षक नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली कर्णाली याक्सले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षक र निर्देशक नियुक्त गरेको छ । कर्णाली याक्स ले सोमवारले लोगो र नाम सार्वजनिक गर्ने कार्यक्रममार्फत मुख्य प्रशिक्षकमा मल्ललाई नियुक्त गरेको घोषणा गरेको हो । टोलीका सहायक प्रशिक्षकमा राजु बस्न्यातलाई कन्सल्टिङ कोच नियुक्त गरेको […]

September 30, 2024

कर्णालीद्वारा आफ्नो नाम र लोगो सार्वजनिक

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली कर्णालीले आफ्नो नाम र लोगो घोषणा गरेको छ । कर्णालीले सोमवार एक कार्यक्रममार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम कर्णाली याक्स रहनेछ । कर्णाली मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी रहेका छन् । कर्णाली याक्सको स्वामित्व […]

Success

Thank you for your time.