7 years ago
April 3, 2018
धनगढी (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को लिग चरण अन्तर्गत मंगलबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै टिम चौराहा धनगढीले दोस्रो जित निकालेको छ । खेलमा चौराहाका लागि ४ विकेट लिएका ललितसिंह भण्डारी खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद रु १० हजार प्राप्त गरे ।
पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग ७ विकेटले पराजित भएको चौराहा त्यसपछिको दुवै खेलमा सफल भएको छ । चौराहाले सोमबार सिवाइसी अत्तरियामाथि ३ विकेटको जित निकालेको थियो । महेन्द्रनगरको भने लिगमा यो पहिलो हार हो । महेन्द्रनगरले विराटनगरमाथि ३३ रनको जित निकालेको थियो । महेन्द्रनगर युनाइटेडले दिएको १ सय ३२ रनको लक्ष्य टिम चौराहा धनगढीले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
राम्रो शुरुवात गरेको चौराहाले पहिलो विकेटको रुपमा अस्फाक अहमदलाई ३० रनमा गुमाएको थियो । अहमद पुनित मेहराको बलमा कट एण्ड बोल्ड हुन पुगेका थिए । सुनिल धमला र अस्फाक अहमदले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए । त्यसपछि क्रिजमा आएका रोहन मुस्ताफाले सुनिलसँग दोस्रो विकेटको लागि ६७ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याएका थिए ।
सुनिल धमला ४६ रनमा तथा सोनु तामाङ १५ रनमा नटआउट रहे । ४७ बल खेलेका सुनिलले २ छक्का र ३ चौका प्रहार गरे । यस्तै ७ बल खेलेका सोनुले १ छक्का र १ चौका प्रहार गरे । रोहन मुस्ताफा ३९ रनमा आउट भए । ३० बल खेलेका मुस्ताफाले ३ छक्का र १ चौका प्रहार गरेका थिए । महेन्द्रनगरका अविनाश कर्ण र पुनित मेहराले समान १ विकेट लिए ।
यसअघि अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको महेन्द्रनगर युनाइटेडले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रनको मध्यम योगफल तयार पारेको थियो । खराव शुरुवात गरेको महेन्द्रनगरका लागि मध्यक्रमका ब्याट्सम्यानले टिमको इनिङ्स उकासेका थिए । पुनित मेहरा ४० रनमा आउट भए । २२ बल खेलेका पुनितले ४ चौका र दुई छक्का प्रहार गरेका थिए । भुवन कार्की ३२ रनमा आउट रहँदा पुनित विष्टले २४ रन बनाए ।
ओपनर विनोद भण्डारी ११ रनमा आउट हुदा अर्काे ओपनर आसिफ शेख ८ रनमा ललितसिंह भण्डारीको बलमा बोल्ड आउट भए । रोहित कुमार पौडेल ३ रनमा आउट हुदा हरिशंकर शाह र आरिफ शेखले खाता नै खोल्न सकेनन् । धनगढीका ललितसिंह भण्डारीले ४ विकेट लिए । कप्तान सोमपाल कामी र सामसद शेखले समान १ विकेट हात पारे ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]