7 years ago
April 3, 2018
धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ मा मंगलबारको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडले टिम चौराहा धनगढीलाई १ सय ३२ रनको विजयी लक्ष्य दिएको छ ।
अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रनको मध्यम योगफल तयार पारेको थियो । खराव सुरुवात गरेको महेन्द्रनगरका लागि मध्यक्रमका ब्याट्सम्यानले टिमको इनिङ्स उकासेका थिए ।
पुनित मेहरा ४० रनमा आउट भए । २२ बल खेलेका पुनितले ४ चौका र २ छक्का प्रहार गरेका थिए । भुवन कार्की ३२ रनमा आउट रहँदा पुनित विष्टले २४ रन बनाए । ओपनर विनोद भण्डारी ११ रनमा आउट हुदा अर्को ओपनर आसिफ शेख ८ रनमा ललितसिंह भण्डारीको बलमा बोल्ड आउट भए । रोहित कुमार पौडेल ३ रनमा आउट हुदा हरिशंकर शाह र आरिफ शेखले खाता नै खोल्न सकेनन् ।
धनगढीका ललितसिंह भण्डारीले ४ विकेट लिए । कप्तान सोमपाल कामी र सामसद शेखले समान १ विकेट हात पारे । दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । धनगढी पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग ७ विकेटले पराजित भएको थियो भने । दोस्रो खेलमा सिवाइसी अत्तरियामाथि ३ विकेटको जित निकालेको थियो । महेन्द्रनगरले विराटनगरमाथि ३३ रनको जित निकालेको थियो ।
March 25, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज गुजरात टाइटन्स र पञ्जाब किंग्सबिच खेल हुदैछ । गुजरातको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । पञ्जाबले आइपिएल २०२५ को मेगा अक्सन अघि केवल प्रभसिमरन सिंह र शशांक सिंहलाई मात्र रिटेन गरेका थिए । गुजरातले दुई अनक्याप्ड भारतीय क्रिकेटरलाई रिटेन गरेको […]
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 24, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई जितका लागि २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ । मिचेल मार्स र निकोलस पुरनले विस्फोटक ब्याटिङ गर्दै उत्कृष्ट सुरुवात दिलाए अन्य ब्याटरको प्रदर्शन सामान्य रह्यो । विशाखापटनमा जारी खेलमा लखनउले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९ रन बनाएको […]