7 years ago
April 2, 2018
धनगढी (हाम्रो खेलकुद) – सोमपाल कामीले अन्तिमतिर विस्फोटक ब्याटिङ गरेपछि टिम चौराह धनगढीले सोमबार सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको छ । १ सय ५१ रनको लक्ष्य पछ्याएको धनगढीले ७ विकेट गुमाएर ४ बलअघि आवश्यक रन बटुलेको थियो ।
दोस्रो खेलमा साविक विजेता धनगढीको यो पहिलो जित हो । पहिलो खेलमा धनगढी काठमाडौं गोल्डेन्ससँग पराजित भएको थियो । अत्तरियाविरुद्ध सोमपालले १५ बलमा ३९ रनको इनिङ खेल्दै टोलीलाई जित दिलाएका थिए ।
सो क्रममा उनले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै धनगढीको जितमा रोहन मुस्तफाले ४० रन जोडे । खेलको म्यान अफ द म्याच सोमपालले १० हजार नगद पाए।अत्तरियाका दीपेन्द्र सिंह ऐरी र शुभांकर उरावले समान २ विकेट लिए । विनोद लामा लर विपिन चन्द्राले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रेको अत्तरियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । अत्तरियाका लागि विपिन चन्द्रा र प्रेम तामाङले सर्वाधक समान २८ रन जोडे। यस्तै, कुशल भुर्तेलले २५ र दीपेन्द्रसिंह ऐरीले १९ रन बनाए । उनीहरुसँगै कृष्ण कार्कीले १४, गौरव चितकारा र सुवास खकुरेलले समान १३ रन बटुले ।
धनगढीका ललितसिंह भण्डारीले सर्वा्धिक ३ विकेट लिए। ४ ओभरको स्पेलमा उनले २४ रन खर्चे । विदेशी खेलाडी तथा यूएईका कप्तान रोहन मुस्तफाले २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै ३५ रन खर्चेका थिए। यस्तै, सामसद शेख र सोमपाल कामीले समान १ विकेट लिए ।
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
इन्डियन प्रिमियर लिग (आइपिएल) का टोलीहरु अक्सनका दौरान स्टार खेलाडीहरुमात्रै लगानी गर्दैनन् । गल्ली गल्लीमा पुगेर खोजेको प्रतिभालाई पनि स्थान दिन्छन् । सिनियर स्तरको खेल वा घरेलु क्रिकेट नै नखेलेका किन नहोस्, विश्वकै चर्चित र लोकप्रिय क्रिकेट लिग आइपिएलमा अनुभव भन्दापनि प्रतिभालाई प्राथमिकता दिइन्छ । यसले फ्रेन्चाइज टोलीको अक्सनमा मूल्य बचाउन ठूलो भूमिका खेल्दा क्षमता […]
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]