7 years ago
April 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज क्यानेडियन क्रिकेट क्लबले ब्राहम्पटन क्रिकेट लिग खेल्ने भएको छ । ग्रेटर टोरोन्टो, क्यानाडामा २०१७ मा गठन भएको नेप्लिज क्लब, पहिलो नेपाली क्रिकेट क्लब हो । आइतबार नेपाली समुदाय को बृहत बेलामार्फत क्लब सार्वजनिक गरएको हो ।
क्लबका अध्यक्ष इमरान खानले आउने दिनमा राष्ट्रिय खेलाडी उत्पादनको प्रयास गरिने बताए । उनले नेपाली समुदायबाट आर्थिक सहयोग तथा सलाह सुझाव अपेक्षा गर्दै त्यस्तो हुन सके क्लब स्थापित हुन सहज हुने बताए ।
क्लबका सल्लाहकार सन्तोष ओझाले हालै नेपालले एक दिवसिय राष्ट्रको मान्यता पाएको स्मरण गर्दै त्यसमा क्यानेडियन प्रशिक्षक पुबुदु दसानायकेको भूमिका महत्वपूर्ण योगदान रहेको चर्चा गरे । एनआरएन क्यानाडाका अध्यक्ष गोपीकृष्ण काफ्ले क्लबलाई सफलताको शुभकामना दिए ।
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लले भिडियो सन्देश पाठउँदै क्लबलाई सफलताको कामना गरे । नेपाली टोलीका पूर्व प्रशिक्षक दासानायेक कार्यक्रममा उपस्थित हुने भनेपनि विशेष कारणवश उपस्थित हुन नसकेको क्लबका सल्लाहकार ओझाले जानकारी दिए ।
स्काइपमार्फत क्लबलाई शुभकामना दिदै नेप्लिज क्लब स्थापना भएकोमा खुसी व्यक्त गरे । उनले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचन पनि थिए । दासानायकले यो सिजन तीन नेपाली खेलाडीलाई क्यानाडा ल्याउने तयारी भइरहेको जानकारी दिए ।
क्लबले नेपाली क्रिकेट फेस्टिबल को आयोजना गर्ने र त्यसमा नेपाली क्रिकेट टोलीका सदस्य लाइने जानकारी गराइयो । क्यानाडा मा रहेका नेपाली विभिन्न संघ, संस्था र समाजसेवीले क्लबलाई सहयोग गर्ने वचन दिएका थिए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]