7 years ago
April 1, 2018
धनगढी (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर किङ्सले हारबाट रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) २ को यात्रा सुरु गरेको छ । एएफसी मैदानमा आइतबार भएको दोस्रो खेलमा विराटनगर विनोद भण्डारीको कप्तानमा रहेको महेन्द्रनगर युनाइटेडसँग ३३ रनले पराजित भएको छ ।
१ सय ६९ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो । अभिनाष कर्ण, पुनित मेहरा, भुवन कार्की र रोविन क्षत्रीले विराटनगरलाई लक्ष्यमा पुग्नबाट रोकेका थिए । अभिनाषले ३ विकेटले लिए भने पुनित, भुवन र रोविनले समान २ विकेट लिएका थिए ।
विराटनगरका लागि शीर्षस्थानका ब्याट्सम्यानले मध्यम खालको प्रदर्शन गरेपनि तल्लो क्रमका ब्याट्सम्यानले त्यसलाई निरन्तरता दिन सकेनन् । सात नम्बरमा ब्याटिङ गरेका पारसले पनि १६ रन मात्र बनाउन सके । टोलीका लागि पृथु बास्कोटाले सर्वाधिक ३५, बाबर हायतले ३२, अनिल शाहले २३ र दीलिप नाथले १० रन जोडे । बाँकी ब्याट्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको महेन्द्र नगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन बननएको थियो । टोलीका लागि पुनितले सर्वाधिक अविजित ३८ रन जोडे । १८ बलमा २ चौका र ३ छक्का प्रहार गरे । ओपनर विनोदले २९ बलमा ५ चौका र १ छक्कासहित ३५ रन बटुले ।
पुनित विष्टले २४, आरिफ शेखले २०, हरि शंकर शाहले १९ रन थपे । विराटनगरका मन्जित श्रेष्ठले २, पारस र शुभम कामले समान १ विकेट लिए । २ विकेट र अविजित ३८ रन बनाएका महेन्द्रका पुनित खेलको म्यान अफ दी म्याच घोषित भए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]