7 years ago
April 1, 2018
धनगढी (हाम्रो खेलकुद)– सिवाइसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) २ मा विजयी सुरुआत गरेको छ । रुपन्देही च्यालेन्जर्सलाई आइतबार ९ विकेटको सहज जित हात पार्दै अत्तरियाले सुखद सुरुआत गरेको हो ।
एसएसपी मैदानमा ६२ रनको झिनो लक्ष्य पछ्याएको अत्तरियाले ७.३ ओभरमा १ विकेटको क्षतिमा ६५ रन जाडेर सहज जित हासिल गरेको थियो । चोटमुक्त भएर लामो समयपछि मैदान फर्केका ओपनर समेत रहेका कप्तान सुवास खकुरेल र प्रेम तामाङले पहिलो विकेटका लागि २६ रनको साझेदारी गरे ।
प्रेम र गौरव चित्तकाराले दोस्रो विकेटका लागि ३९ रनको अविजित सझेदारी गर्दै टोलीलाई जित दिलाए । प्रेम १४ र गौरव ३० रनमा अविजित रहे । गौरवले १३ खेलमा ३ छक्का र २ चौका प्रहार गरे । १९ बल खेलेका प्रेमले २ चोका प्रहार गरे । सुवासले १३ बलमा ४ चौकासहित १९ रन जोडेका थिए । रुपन्देहीका लागि १ मात्र विकेट जितेन्द्र मुखियाले लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले १५.२ ओभरमा सबै विकेट गुमाएर ६१ रन मात्र बनायो । अत्तरियाका कमल सिंह र शुभंकर उरोवले रुपन्देहीको ब्याटिङ लाइनअप ध्वस्त पारेका थिए । कमलले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । शुभंकरले २.२ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३विकेट लिए ।
कृष्ण कार्की, विपिन चन्द्रा र दीपेन्द्र सिंह ऐरी समान १ विकेट लिए । रुपन्देहीका लागि सुफैन मेहमुदबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुफैनले २५ बलमा १ चौका र १ छक्काको मद्दतमा अविजित २० रन जोडेका थिए । अत्तरियाका कमल खेलको म्यान अफ दी म्याच घोषित भए ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]