default_image

7 years ago

March 31, 2018

रुस्लान डिपिएल २ – काठमाडौं गोल्डेन्सलाई १ सय ४६ रनको लक्ष्य

68 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– रुस्लान डिपिएल २ को उद्घाटन खेलमा धनगढी टिम चौराहाविरुद्ध काठमाडौं गोल्डेन्सले १ सय ४६ रनको लक्ष्य प्राप्त गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले सुनिल धमलाको अर्धतशतक निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ ।

ओपनर पुनित मिश्रा (९ रन) सस्तैमा आउट भएपछि मैदानमा उत्रेका सुनिलले चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए । सनिल र ओपनर शंकर रानाले धनगढीलाई उकासेका थिए । उनीहरुले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । सुनिलले ६८ र शंकले ३६ रन बनाए । ५७ बल खेलेका सुनिलले ८ चौका र २ छक्का प्रहार गरे । ३१ बल खलेका शंकले ५ चौका प्रहार गरे ।

१ विकेटको क्षेतिमा १ सय २६ रन बनाएपछि त्यसपछि लगातार विकेट गुमाएपछि धनगढीले सोचे अनुरुपको प्रदर्शन गर्न सकेन । काठमाडौंका सहाब आलमले पहिलो खेलमै ह्याट्रिक पुरा गरेपछि धनगढी भने दबावमा परेको थियो । सहाबले सुनिलसहित सोनु तामाङ र कप्तान सोमपाल कामीको विकेट लिएका थिए । काठमाडौंका लागि किशोर महतो, रसिद खान र सन्नी पटेलले समान १ विकेट लिए ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.