default_image

7 years ago

March 29, 2018

स्मिथ र वार्नरलाई क्रिकेटबाट प्रतिबन्ध

87 views

0 Bookmark

जोहानसबर्ग (एजेन्सी) – अष्ट्रेलियन क्रिकेट टिमका कप्तान स्टेभेन स्मिथ र उपकप्तान डेभिड वार्नरलाई अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेटबाट १ वर्षको प्रतिबन्ध जारी गरिएको छ । दक्षिण अफ्रिका विरुद्धको टेष्टमा बलको अवस्था जानीजानी परिवर्तन गरेको आरोपमा दोषी पाइएका स्मिथ र वार्नर प्रतिबन्धित भएका हुन् ।

स्मिथ र वार्नरसहित ब्याट्सम्यान क्यामेरन ब्यान्क्रफ्ट पनि ९ महिनाका लागि प्रतिबन्धित भएका छन् । वार्नर र स्मिथको सल्लाहमा ब्यान्क्रफ्टले पहेंलो कागज प्रयोग गरी बलको ‘सिम’ उतार्न खोजेका थिए । भिडियोमा सो गतिविधि प्रत्यक्ष देखिएपछि ब्यान्क्रफ्टले यो कागज आफ्नो सुरुवालभित्र लुकाएका थिए ।

शुक्रबार चौथो टेष्ट सुरु हुनु अघि यी तीनै खेलाडीलाई अष्ट्रेलिया पठाइएको छ । अष्ट्रेलियाका प्रधानमन्त्रीले पनि यो घटनाले आफू दुखित तथा निराश भएको बताए । स्मिथले २ वर्षसम्म टोलीको कप्तानी गर्न पाउने छैनन् भने वार्नरलाई कप्तानको भूमिकाबाट आजीवन प्रतिबन्ध लगाइएको छ ।

प्रशिक्षक डेरेन लेह्मन भने यस घटनामा संलग्न नभएको पाइएपछि उनले आफ्नो स्थान यथावत् राखेका छन् । यी तीनै खेलाडीले घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा संलग्न हुन पाउने छैनन् । त्यस अर्थात् स्मिथ र वार्नरले आउने इन्डियन प्रिमियर लिग पनि गुमाउने छन् ।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.