7 years ago
March 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने एघारौं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को लागि मंगलबार भारतको दिल्ली प्रस्थान गरेका छन् । यो सिजनका लागि १७ वर्षे सन्दीप दिल्ली डेर डेभिल्समा आबद्ध भएका हुन् ।
दिल्ली प्रस्थान गर्नुअघि नक्सालस्थित होटल क्राउन प्लाजामा सन्दीप लामिछाने (दायाँबाट दोस्रो) । तस्बिर: छुम्बी लामाको फेसबुकबाट
११ औं आइपिएलमा आइपुग्दा आइपिएल टोलीमा आबद्ध हुने उनी पहिलो नेपाली खेलाडी हुन् । सन्दीपको बुधबार मेडिकल टेष्ट हुने बताइएको छ । उनीसहितको टोलीले प्रशिक्षण शुक्रबार देखि सुरु हुनेछ । सन्दीप २० लाख भारतीय रुपैयाँमा दिल्ली डेर डेभिल्समा आबद्ध अनुबन्ध भएका हुन् ।
दिल्लीले पहिलो खेल अप्रिल ८ मा पञ्जाबसँग खेल्नेछ । दिल्ली जानुअघि सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेका सन्दीपले आइपिएल आफ्नो लागि नयाँ अध्याय भएको उल्लेख गर्दै खेले पनि नखेलेपनि टोलीको जित हेर्न चाहेको बताएका थिए ।
दिल्ली प्रस्थान गर्नुअघि त्रिुभवन विमानस्थलमा सन्दीप लामिछाने (दायाँ) । तस्बिर :सौरभ ओझाको फेसबुकबाट
‘यो मेरो क्रिकेट करियरको सबैभन्दा ठुलो प्लेटफर्म हुनेछ । मैले आफुलाई प्रमाणित गर्ने उत्कृष्ट मौका पाएको छु । एक्साइटेड छु ’ उनले भनेका थिए, ‘यो मेरो लागि मात्र होइन नेपाली क्रिकेटको लागि पनि नयाँ अध्यायको सुरुवात हुनेछ । मैले यहाँ सिकेको कुरा नेपाली टिमको लागि प्रयोग गर्नेछु ।’
सोही अवसरमा यस्तै सन्दीपले सिनियर दाईहरुसँग डिभिजन–५ देखि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँदा सम्मको एक हिस्सा हुन पाउँदा आफुलाई ज्यादै खुसी लागेको बताए । अर्को प्रसंगमा सन्दिपले ‘हार्ड वर्क’ भाग्यले पनि आफुलाई साथ दिएको बताए ।
‘मलाई भाग्यले मात्र ‘फेवर’ गरेको भन्न मिल्दैन । मैले त्यही अनुसार पनि प्रशिक्षण गरेको छु । सजिलै तरिकाले राष्ट्रिय टिमको क्याम्पमा भने पर्न सफल भएको हुँ ’ सन्दीपले स्मरण गरेका थिए, ‘हार्ड वर्क र भाग्यले एकपटक साथ दिएर भागयले साथ दिएको जस्तो देखिएको हो । मैले नेपालको लागि नखेलेको भए यहाँ सम्म आइपुग्ने थिइनँ ।’
दुई वर्षअघि राष्ट्रिय टोलीका तत्कालिन प्रशिक्षक पूबुदु दाशानायकेको नजरमा पर्दै सन्दीप सोझै राष्ट्रिय टोलीको क्याम्पमा सामेल हुन मौका पाएका थिए। त्यसयता उनी राष्ट्रिय क्रिकेट टोलकिा नियमित र प्रभावकारी सदस्यका रुपमा स्थापित भएका छन् ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]