default_image

7 years ago

March 26, 2018

बागलुङ र राइजिङ फाइनलमा, करणको शतक

86 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ– आयोजक बागलुङ क्रिकेट क्लब र पोखराको राइजिङ क्रिकेट क्लब पाँचौ धौलागिरि कप तथा चैत्राष्टमी टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आइतबार राइजिङले नेपाल विद्यार्थी संघ बागलुङलाई ४ विकेट र आयोजक बागलुङले बुटवल युवा स्पोर्टस् क्लबलाई १ सय १६ रनले हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।

म्यान अफ दी म्याच राइजिङका करण केसी (बायाँ)।

राष्ट्रिय टोलीका सदस्य करण केसीको अविजित शतकको मद्दतमा राइजिङले नेविसंघलाई ४ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको नेविसंघले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ६१ रन बनाएको थियो । जवाफमा राइजिङको सुरुवात राम्रो हुन सकेन । तर पनि टोलीले ६ विकेटको नोक्सानीमा जितका लागि आवश्यक रन जोड्यो ।

पोखराका लागि सुरुवात सुखद हुन सकेन । लगातार विकेट पतन हुँदा अर्कोतर्फ ओपनर करणले मोर्चा सम्हाले । अविजित १ सय १० रन बनाउँदै करणले टोलीलाई जित दिलाए । ७३ बल खेलेका कारणले १२ छक्का र ५ चौका प्रहार गरे । कप्तान अमृत गुरुङले २३ रन जोडे । नेविसंघका प्रविण बाबरले ३ र अभिजित रोयले २ विकट लिए ।

त्यसअघि ओपनिङ ब्याट्सम्यानलाई सस्तैमा गुमाएरपछि दबाबमा परेको नेविसंघको मध्यक्रम पनि खासै चल्ने सकेन । सातौं नम्बरमा ब्याटिङ गर्न आएका अभिजित रोयले ३० रन जाडे । राइजिङ पोखराका अमृत गुरुङ, करण केसी, अमन रेग्मी, विनय भण्डारी र मुक्ति यादवले समान २ विकेट लिए ।

अर्को बुटवल युवालाई १ सय १६ रनले पराजित गर्दै आयोजक बागलुङ अन्तिम दुईमा पुगेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको बागलुङ ९ विकेट गुमाउँदै १ सय ६३ रन जोड्यो । टोलीका विक्की गाजीले २७ र पुरन सिंहले २६ रन बनाए । बुटवलका सिकन्दर यादवले ३ र याम क्षेत्री र अमरजित सिंहले समान २ विकेट लिए ।

१ सय ६४ रनको लक्ष्य पछ्याएको बुटवलका लागि पनि सुरुवात राम्रोभ एन । पहिलो ओभरमै दुई ब्याट्सम्यानलाई गुमाएको बुटवल सम्हालिन नसक्दा जम्मा ४७ रन जोड्दा अल आउट भएको थियो । टोलीका इन्द्रदेव निशानले सर्वाधिक १७ र सिद्धान्त अधिकारीले १२ रन बनाए । बागलुङका विक्रम सोबले ४, किरण सिंहले ३ र विक्की गाजीले २ विकेट लिए । फाइनल सोमबार हुनेछ ।

March 12, 2025

नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला […]

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

Success

Thank you for your time.