7 years ago
March 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – यसै साता सुरु हुने घरेलु क्रिकेट प्रतियोगिताको सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल–२) को मोष्ट भ्यालुएबल खेलाडीले नेपाली जुत्ताको ब्राण्ड गोल्डस्टारको सुनको जुत्ता पाउने भएका छन् ।
डिपिएलका अध्यक्ष सुवास शाही र किरण शुका निर्देशक विदुषी राणा सुनको जुत्ता प्रदर्शन गर्दै । तस्बिर ः विवेक सुवेदी /हाम्रो खेलकुद
डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) र गोल्डस्टार जुत्ताको किरन सुज म्यानुफ्याक्चर्सबीच आइतबार प्रायोजन सम्झौताका अवसरमा मोस्ट भ्यालुएबल खेलाडीले गोल्डस्टारको ‘सुनको जुत्ता’ पाउने जनाकारी दिएको हो । डिपिएल र किरण शुज म्यानुफ्याक्चर्सबीच फुटवेयर साझेदारी गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
डिपिएलका अध्यक्ष सुवास शाही र किरण शुका निर्देशक विदुषी राणाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । किरण शुजले डीपीएललाई ९ नगद र ७ लाख बराबरको सामाग गरि कुल १६ लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने बताइएको छ । कार्यक्रममा सुनको जुत्ता सार्वजनिक गरिएको थियो । सुनको जुत्ता सार्वजनिक गरिएपछि किरन शुजकी निर्देशक राणाले डिपिएल–२ अझ बढी सशक्त बनेर आएको बताइन् ।
सुनको जुत्ताको बाहिरी भाग पूरै सुन र भित्री भाग चाँदी रहेको बताइएको छ । गत वर्ष जस्तै डिपिएलको प्लेयर अफ दि सिरिजले मोटरसाइकल पाउने छन् । प्रतियोगिताको विजेताले २५ , दोस्रो हुने टोलीले १०, तेस्रोले ३ र चौथो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
डिपिएल–२ चैत १७ गतेबाट सुरु हुँदैछ । लिगमा विराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड र टिम चौराहा गरी ६ टोलीको सहभागिता रहनेछ । लिग चरणमा प्रत्येक टोलीले अर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।
लिग पछिका शीर्ष ४ टोली प्ले अफमा पुग्नेछन् । त्यसपछि पहिलो र दोस्रो बीचको प्रतिस्पर्धाको विजेता टोली सोझै फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोली तथा तेस्रो र चौथो टोलीबीचको विजेताबीच अर्को खेल हुनेछ । त्यसको विजेताले फाइनलमा प्रवेश पाउनेछ ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]