7 years ago
March 22, 2018
अर्जुन कार्की
बागलुङ – बुटवल युवा स्पोर्टस् क्लब धौलागिरी कप तथा चैत्राष्टमी टि ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । धौलागिरी क्रिकेट क्लबलाई ८८ रन हराउँदै बुटवल अन्तिम आठमा पुगेको हो । २ सय २० रनको लक्ष्य पछ्याएको धौलागिरीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रनमा मात्र बनाउन सक्यो । टोलीका राजु थापाले ३१ र प्रविन ढकालले १७ रन बनाए ।
बुटवलका इन्द्रदेव निशान र याम क्षेत्रीले समान २, अमरदिप सिंह, गोलु यादव, अभिषेक त्रिपाठी र सुवम यादवले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको बुटवलले १८ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रन बनाउँदै अलआउट भएको थियो ।
टोलीका लागि सुवम यादवले २३ बलमा ४९ रन र सिकन्दर यादवले ४० रन बनाए । धौलागिरीका रिम थापाले ३, सन्देश छन्त्याल र प्रतिक थापाले समान २ तथा सागर शर्मा, अभिषेक सिंह र तेजेन्द्र घर्तिले समान १ विकेट लिएका थिए । बुटवलका सुवम म्यान अफ दी म्याच घोषित भएका थिए ।
आजै हुने भनिएको बागलुङ नगरपालिका–५ मालिका नखेलि विजयी भएको छ । शिवशक्ति भैरहवा अनुपस्थित भएपछि बागलुङ विजयी भएको थियो । प्रतियोगितामा शुक्रबार लेकसाइट क्रिकेट क्लब पोखरा र नेपाल विद्यार्थी संघ बागलुङ तथा रमक ११ स्याङजा र बुटवल युवा स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]