7 years ago
March 22, 2018
हरारे (एजेन्सी)– विश्वकप छनोटको सुपर सिक्समा युएईसँग ३ रनले पराजित भएपछि आयोजक जिम्बावे अर्को वर्ष आयोजन हुने विश्व कप क्रिकेटमा पुग्न असफल भएको छ । घरेलु मैदानमा भएको खेलमा डक वर्थ लुइस (डिएल) का आधारमा जिम्बावे ३ रनले पराजित भएको हो ।
वेस्ट इन्डिज सुपर सिक्सको सबै खेल जित्दै शीर्षस्थानमा रहने पक्का भएपछि विश्व कपमा छनोट भइसकेको छ । अब अफगानिस्तान र आयरल्याण्डमध्ये एउटा टोली विश्व कपका लागि छनोट हुनेछ । छनोटका शीर्ष २ टोली विश्व कपमा पुग्नेछन् । युएईले ४७.५ बलसम्म २ सय ३५ रन बनाउँदा वर्षा खेलमा बाधक भएपछि जिम्बावेले ४० ओभरमा २ सय ३० रनको लक्ष्य पाएको थियो ।
१८ रनमा दुवै ओपनर गुमाएको जिम्बावेका लागि सन विलियम्सले ८० बलमा ८० रन बनाएपनि उनको योगदान खेर गएको हो । ४० औं ओभरमा १५ रनको आवश्यकता रहेको जिम्बावेलाई खेलमा ३ विकेट लिएका मोहम्मद नाभिदले ११ रनमात्र दिए । नाभिद खेलको म्यान अफ द म्याच भए ।
टस हारेर ब्याटिङको निम्तो पाएको युईएका लागि रमिज शाहजादले सर्वाधिक ५९ रन बनाए। सुपर सिक्सको अन्तिम खेलमा अफगानिस्तानले आयरल्यान्डको सामना गर्नेछ । त्यसको विजेताले विश्व कपमा स्थान बनाउनेछ । खेलको नतिजा नआएका आयरल्यान्डले दोस्रो स्थानमा सुपर सिक्स समाप्त गर्नेछ ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]