7 years ago
March 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दिल्ली डेयरडेभिल्सले काठमाडौंमा एक कार्यक्रम गर्दै सन्दीपलाई जर्सी हस्तानतरण गरेको छ। सन्दीपले ११ औं संस्करणको आइपिएलमा १ नम्बर अंकित जर्सी लगाउने भएका हुन्।
राष्ट्रिय टोली तथा अन्य क्लबहरुबाट खेल्दा सन्दीपलाई २५ नम्बर जर्सीमा देखिने गर्दछ, तर आइपिएलमा भने उनले किन १ नम्बर रोजे भन्ने प्रश्नमा सन्दीपको प्रतिक्रिया यस्तो रह्यो, “मेरो भान्जीको जन्मदिन २५ गते पर्छ, तर उनी यस संसारमा छैनन्। उनैको सम्झनामा म २५ नम्बरको जर्सी लगाउँछु”, सन्दीपले भने।
तर दिल्लीमा भने कागिसो राबाडाले उक्त जर्सी लगाउने भएकाले सन्दीपले १ नम्बर जर्सी रोजेको जानकारी दिए, “दिल्लीमा सिनियर खेलाडी राबाडाले २५ नम्बर लगाउँछन्। मेरो भान्जीको जन्म पहिलो महिना भएकाले मैले १ नम्बर जर्सी लगाएको हुँ “, भावुक हुँदै सन्दीपले बताए ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]