default_image

7 years ago

March 22, 2018

दिल्ली डेयरडेभिल्समा सन्दिपले १ नम्बर जर्सी लगाउने

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका यूवा लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली डेयरडेभिल्समा ‘१’ नम्बर अंकित जर्सी लगाउने भएका छन् । काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न एक कार्यक्रमबीच दिल्लीका अधिकारीहरूले सन्दीपको जर्सी सार्वजनिक गरेका हुन्।

तस्बिर : विवेक सुवेदी/हाम्रो खेलकुद

sandeep delhi

 राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार बिष्ट कार्यक्रमको प्रमुख अतिथी थिए। बिष्ट र दिल्ली डेयरडेभिल्सका प्रमुख कार्यकारी निर्देशक (सिइओ) हेमन्त दुवाले सन्दीपलाई जर्सी प्रदान गरे।

दुवाले सन्दीप सुरुआती ११ मा पर्ने वा नपर्ने निर्णय क्लबका प्रशिक्षक र कप्तानमा निर्भर रहेने भएपनि प्रशिक्षणमा राम्रो गरे उनलाई खेल्नबाट कसैले रोक्न नसक्ने बताए।

त्यस्तै सन्दीपले आफूले खेल्ने मौका पाउने-नपाउने भन्दा टोलीले अनुकुल नतिजा ल्याउनु उनकोलागि महत्वपूर्ण रहेको बताए। सन्दीपलाई आइपिएल अक्सनमा दिल्लीले २० लाख भारतीय रुपैंयाको बोली लगाउँदै आइपिएलको ११ औं संस्करणका लागि उनलाई अनुबन्धित गरेको हो।

delhi sandeep
कार्यक्रम पुरा हेर्नुहोस

March 12, 2025

क्यानले नयाँ ग्रेडिङ सार्वजनिक गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक करार सूची सार्वजनिक गरेको छ। खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणीमा वर्गीकरण गर्दे पारिश्रमिक तोकेको छ। ग्रेड ‘ए’ खेलाडी (मासिक पारिश्रमिक – रु १,००,०००) ग्रेड ‘ए’ मा कप्तान रोहित पौडेल, दिपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, र आसिफ […]

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

Success

Thank you for your time.