default_image

7 years ago

March 22, 2018

रुपन्देही च्यालेन्जर्समा ओमान र भारतका खेलाडी

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)– २ को टोली रुपेन्देही च्यालेन्जर्सले टिममा दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।


शक्ति गौचन रणनैतिक खेलाडी रहेको रुपेन्देही च्यालेन्जर्सले एसोसियट राष्ट्र ओमानका सुफायन मोहम्मद तथा क्रिकेट एशोसियसन अफ बंगाल, कलकत्ताका दीपक प्रसादलाई अनुबन्ध गरेको हो ।

ओमानका राष्ट्रिय टोलीका सदस्य समेत रहेका २६ वर्षीय सुफायन बायाँ हाते ब्याट्सम्यान हुन् । सुफायनले पार्ट टाइम बलिङ समेत गर्ने गर्छन् । यस्तै, दीपकले बीसीसीआईको प्रतियोगितामा बंगाल–११ तथा बंगाल यू–२३ टोलीबाट खेलिसकेका छन् ।

डिपिएलका हरेक टोलीमा २ विदशी खेलाडी अनिवार्य गरिएको छ । अन्य पाँच टोलीले केही दिनमै विदेशी खेलाडी अनुबन्ध गर्न लागेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । डिपिएल आगामी चैत्र १७ गतेदेखि धनगढीमा चल्नेछ । लिग चैत ३० गतेसम्म चल्नेछ ।

March 12, 2025

क्यानले नयाँ ग्रेडिङ सार्वजनिक गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक करार सूची सार्वजनिक गरेको छ। खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणीमा वर्गीकरण गर्दे पारिश्रमिक तोकेको छ। ग्रेड ‘ए’ खेलाडी (मासिक पारिश्रमिक – रु १,००,०००) ग्रेड ‘ए’ मा कप्तान रोहित पौडेल, दिपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, र आसिफ […]

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

Success

Thank you for your time.