7 years ago
March 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपालले एक दिवसिय मान्यता पाउनु नै विश्व कप खेल्नु सरह भएको बताएका छन् । जिम्बावेमा जारी विश्वकप छनोट खेलमा सातौं स्थानको प्ले अफमा पपुवा न्युगिनीलाई ६ विकेटले हराएको थियो । अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले चार वर्षको लागि एक दिवसिय मान्यता पाएको थियो ।
‘उपयुक्त तयारी विना नेपालले यति राम्रो प्रदर्शन गरेको छ,’ सन्दीपले हाम्रो खेलकुदसँग भने,’ खेल मैत्री वातावरण हुने हो र मैदानमा राम्रो व्यवस्था हुने हो भने नेपालका लागि विश्व कप पनि टाढा छैन ।’ सन्दीप राष्ट्रिय क्रिकेट टोलीका एक भरपर्दा स्पिनर हुन् । उनले राष्ट्रिय टोलीबाट डेब्यू गरेको दुई वर्ष पुग्न लागेको छ । छोटो समयमा उनी लिस्ट–ए क्रिकेटमा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा तेस्रो स्थानमा पुगिसकेका छन् ।
राष्ट्रिय टोलीबाट उनले लिस्ट ‘ए’मा २१ खेलमा ४२ विकेट लिइसकेका छन् । सर्वाधिक विकेट लिनेमा उनी सोमपाल कामी र वसन्त रेग्मीभन्दा पछाडी छन् । सोमपालले ३७ खेलमा ५२ र वसन्तले ३५ खेलमा ४५ विकेट लिएका छन् । जिम्बावेमा जारी विश्व कप छनोटबाट अघि बढ्न नसकेपछि नेपाल एक दिवसिय मान्यता पाएर फर्केको छ । छनोटअघिको विश्व क्रिकट लिग डिभिजन २ होस् वा विश्व कप दुवैमा सन्दीपको भूमिका महत्वपूर्ण रह्यो ।
डिभिजन–२ को ६ खेलमा १७ विकेट लिँदै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित सन्दीपले विश्वकप छनोटका ६ खेलमा १३ विकेट हात पारे । छनोटमा हुने सबै खेलमा विकेट लिएका थिए । पपुवा न्युगिनीविरुद्धको महत्वपूर्ण खेलमा ४ विकेट लिएपछि नेपालको जित सम्भव भएको थियो, जुन खेलको नतिजा नेपाललाई एक दिवसिय मान्यता पाउन निर्णायक बन्यो ।
सन्दीप सामूहिक प्रयासका कारण नेपालले सफलता प्राप्त गरेको बताउँछन् । नेपालले यसअघि सन् २०१४ मा टि ट्वान्टी विश्वकप खेलेको थियो । एक दिवसिय विश्वकपमा छनोट हुन नसकेपनि सन्दीप आगामी ट्वान्टी–२० विश्वकपमा भने नेपालको बलियो सम्भावना रहेको बताउँछन् ।
अघिल्लो महिनामात्र इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनबाट दिल्ली डेयरडेभिल्समा अनुबन्धित सन्दीपले आईपीएलबाट आफू अझै निखारिने विश्वास लिएका छन् । आईपीएलसँगै सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेल्दै छन् ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]