7 years ago
March 22, 2018
जिम्बावे (एजेन्सी) – पूर्व विजेता वेष्ट इन्डिज आईसीसी एक दिवसीय विश्वकप क्रिकेटका लागि छनोट भएको छ । जिम्बावेमा जारी विश्वकप छनोटमा बुधबार स्कटल्याण्डलाई डकवर्थ एण्ड लुइसको आधारमा ५ रनले हराउँदै वेष्ट इन्डिजले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।
सन् २०१९ मा हुने एक दिवसीय विश्वकप का लागि बुधवार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिजले ४८.४ ओभरमा अलआउट हुँदै १ सय ९८ रन बनाएको थियो । टोलीका लागि लागि इभिन लुइस र मार्लोन स्यामुयल्सले अर्धशतक पुरा गरेका थिए । लुइसले ६६ तथा स्यामुयल्सले ५१ रन बनाए । यस्तै कार्लोस ब्रेथवेटले २४ रन जोडे ।
जवाफमा स्कटल्याण्ड ३५.२ ओभरमा ५ विकेटको क्षतिमा १ सय २५ रन बनाउँदाको अवस्थामा वर्षा सुरु भएको थियो । बर्षाका कारण खेल पुनः सुरु हुन नसकेपछि डकवर्थको नियम अनुसार वेष्ट इन्डिज ५ रनले विजयी भएको थियो । स्कटल्याण्डलाई जित दिलाउने प्रयासमा रिची बेरिङटोनले ३३ तथा जर्ज मुन्सेले ३२ रन बनाएका थिए । हारसँगै स्कटल्याण्ड विश्वकपमा छनोट हुन असफल भएको छ ।
विश्व कप छनोटको सुपरसिक्समा रहेका अन्य चार टोली मध्ये तीन टोलीसँग अर्को वर्ष हुने विश्व कपका लागि स्थान सुरक्षित गर्ने अवसर रहेको छ । जसमा जिम्बावे, अफगानिस्तान र आयरल्याण्ड छन् । सोही विश्व कप छनोटको सुपर सिक्समा पुग्न असफल रहेपनि नेपाल चार वर्षका लागि एक दिवसिय मान्यता पाउँदै स्वदेश फर्किसकेको छ ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]