7 years ago
March 21, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुरुष क्रिकेट टोलीले एक दिवसिय मान्यता पाएकोमा देशभर खुसियाली मनाइयो । विश्व कप छनोट खेलेर एक दिवसिय मान्यता प्राप्त गरेर सोमबार स्वदेश फर्कको नेपाली टोलीलाई स्वागत गर्न नवनियुक्त मन्त्री जगत विश्वकर्मा, मन्त्रालयका सचिव, राखेप सदस्यसचिवलगायत उच्च अधिकारी र ठूलो संख्यामा समर्थक त्रिभुवन विमानस्थल पुगेका थिए ।
पुरुष टोलीले एकपछि अर्को सफलता प्राप्त गर्दै जाँदा स्वागत सम्मानका हकदार बन्नु स्वभाविक हो । तर, अन्तर्राष्ट्रिजगतमा समान हैसियतमा नेपालको प्रतिनिधत्वि गर्ने महिला क्रिकेट खेलाडी अवस्था भने फरक छ । बंगलादेशमा हुने एउटा क्रिकेट प्रतियोगितामा भाग लिन महिला क्रिकेट खेलाडी अहिले आफै अग्रसर भएर अघि बढेका छन् ।
यसै महिना बंगलादेशमा हुने टि ट्वान्टी क्रिकेटमा भाग लिन नेपालका दुई क्लबले तयारी गरिरहेका छन् । राष्ट्रिय टोलीकी कप्तान रुविन क्षत्री बेलबासेको नेतृत्वमा मिलन क्रिकेट क्लब (एमसीसी) र आरती बिडारीको नेतृत्वमा राइजिङ क्रिकेट फर वमन (आरसिडब्लू) ले बंगलादेशमा हुने प्रतियोगितामा भाग लिदैछन् । दुवै टोली आफै श्रोत जुटाएर प्रतियोगितामा खेल्ने तयारीमा जुटेको छ ।
एमसीसीलाई प्रतियोगितामा भाग लिन लाग्ने दर्ता शुल्क २५ हजार रुपैयाँ सञ्जय स्मृति प्रतिष्ठानले सहयोग गरेको छ । एमसीसीमा अधिकांश नेपाली राष्ट्रिय टोलीका खेलाडी रहेका छन् । ‘हामी व्यक्तिगत चिनजानको आधारमा सहयोग जुटाएर प्रतियोगितामा भाग लिन जाने तयारीमा छौं,’ रुविनाले भनिन्, ‘अहिले देश भित्र कुनै प्रतियोगिता छैन । यसै पनि महिलाको क्रिकेट कम नै हुन्छ । खर्च जुटाएर भएपनि खेलको अनुभवका लागि हामी जाने तयारीमा छौं ।’
खेलाडीलाई केहि दिन काकरभिट्टामा अभ्यास गराएर बंगलादेश जाने योजनमा आफुहरु रहेको रुविनाले सुनाइन् । ‘हामी यहाँबाट गाडीमा भारत हुँदै बंगलादेश जाने योजनमा छौं,’ उनले भनिन्, ‘यसरी जाँदा तुलानात्मक रुपमा कम खर्चमा प्रतियोगिता खेलेर फर्कन सकिन्छ ।’ आरसिडब्लूकी आरतीले पनि व्यक्तिगत र संस्थागत सहयोग जुटाएर नै जाने तयारी भइरहेको बताइन् ।
बंगलादेश टि ट्वान्टी क्रिकेट फेडेरेसनको आयोजनामा चैत १८ गते देखि ५ दिन सम्म चल्ने रुपाली बैंक महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा एमसीसी र आरसिडब्लूले भाग लिनेछन् । छ टोलीको सहभागिता रहेको प्रतियोगिता नेपाली टोली अलग अलग समूहमा परेका छन् ।
समूह चरणमा दुई खेलपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो टोलीले २५ हजार बंगलादेशी टाका पुरस्कार वापत प्राप्त गर्नेछन् ।
एमसीसी क्रिकेट टोली – रुविना क्षेत्री बेलबासे, सिता राना मगर, इन्दु बर्मा, करुणा भण्डारी, सोनु खड्का, सरिता मगर, सन्तोषीकुमारी चौधरी, अलिषा श्रेष्ठ, सुमन विष्ट, रितुकुमारी कनौजिया, नेरी थापा, काजल श्रेष्ठ, रोमान थापा , जोन क्याप्स जोनर (प्रशिक्षक)
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]