7 years ago
March 21, 2018
अर्जुन कार्की
बागलुङ– धौलागिरी कप तथा चैत्राष्टमी टि ट्वान्टीको चौथो दिन बुधबार रक ११ स्याङ्जा, बागलुङ क्रिकेट क्बल र धौलागिरी क्रिकेट क्लब विजयी भएका छन् । रक ११ स्याङ्जाले बागलुङको मुलपानी खेलकुद विकास समितिलाई २८ रन, बागलुङ क्रिकेट क्लबले राइजिङ क्रिकेट क्लब बी पोखरालाई १ सय ९० रन र धौलागिरी क्रिकेट क्लब ए ले इस्लामिक एक्टिभ युथ पाल्पालाई २ सय ९ रनले पराजित गरेका थिए ।
बागलुङमा बजारको बाङ्गेचौर खेलमैदानमा जारी प्रतियोगितामा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको रक ११ स्याङ्जाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रनको योगफल तयार गरेको थियो । टोलीका लागि ओपनर विपिन काफ्लेले २३ रन र ईश्वर गुरुङले २० रन बनाए ।
मुलपानीका सुरज सिंहले ३ र दिनेश हमाल र योगेश रावलले समान २ विकेट लिएका थिए ।
१ सय २९ रनको लक्ष्य पछ्याएको मुलपानी १४ ओभरमा अल आउट हुँदै १ सय मात्र बनाउन सक्यो । टोलीका ओपनर पुष्कर कुवँरले ३१ रन र सुनिल सनीले २१ रन बनाए । स्याङ्जाका अपर गैरेले ३, विरु तमुले २ र इश्वर गुरुङ, सुनिल गुरुङ, विश्व थापा र समिप मल्लले समान १ विकेट लिएका थिए ।
अर्को खेलमा टस जितेर पहिले व्याटिङ गरेको आयोजक बागलुङ ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३७ रन बनाएको थियो । टोलीका प्रकाश सिंहले अर्धशतक पुरा गरे । २४ बलमा खेलको प्रकाशले ८ छक्का र ६ चौकाको मद्दतले अविजित ७८ रन जोडे । राइजिङ बीका किशोर छन्त्यालले ३ र आकाश बहादुर र माधव सुवेदीले समान १ विकेट लिए ।
२ सय ३८ रनको विशाल लक्ष्य पछ्याएरको राइजिङ १० ओभरमा अलआउट हुँदै ४६ रन मात्र बनायो । टोलीका दिपेन्द्र लामिछानेले १५ रन र सतिश बरवालले १२ रन बनाए । बागलुङका लागि विक्रम सोवले ४ विकेट लिए ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको धौलागिरीले एले २० ओभरमा ६ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो । टोलीका प्रतिक थापाले ४१ रन र प्रभाव पुनले ३८ रन बनाए । इस्लामिकका सिकेन्द्र यादवले ३, विरेन्द्र चौधारी, अशोक महतो र रविन्द्र महतोले समान १–१ विकेट लिएका थिए ।
२ सय ८१ रनको लक्ष्य इस्लामिकले १३ ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्र जोड्यो । टोलीका अर्भिन्द महतोले १९ रन जोडे । धौलागिरीका सन्देश छन्त्यालले ४, सागर शर्माले ३, प्रतिक थापाले २ र रिम थापाले १ विकेट लिएका थिए ।
प्रतियोगितामा बिहीबार बागलुङ नगरपालिका–५ मालिका र शिवाशक्ति भैरहवाबीच, धौलागिरी क्रिकेट क्लब ए र बुटवल युवा क्लबबीच प्रतिस्पर्धा हुने फ्युचर स्पोर्टस् क्लबका सचिव फडिन्द्र खड्काले जनाए ।
बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने टोली ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । म्यान अफ दि सिरिजले १० हजार, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]