7 years ago
March 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटको सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । डिपिएललाई यस सिजन आइसीसीले समेत मान्यता दिएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रेस विज्ञप्ति जारी गर्दै खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनकि भएको खेल तालिका अनुसार उद्घाटन खेलमा टिम चौराहा धनगढी र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्नेछन् । चौराहा पहिलो संस्करणको विजेता टोली पनि हो । यसपटक चौराहाको कप्तानी सोमपाल कामीले गर्नेछन् भने काठमाडौं गोल्डेन्सको कप्तानी राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन् । प्रतियोगिताको पहिलो दिन एक खेल मात्र हुनेछ । दोस्रो दिनबाट भने हरेक दिन दुई खेल हुने आयोजकले जनाएको छ ।
डिपिएल–२ को टिम, मार्की खेलाडी र खेलाडीहरुको अक्सन भइसकेको छ । विदेशी खेलाडीको लागि भने टिमहरुले अन्तिम प्रयास गरिरहेका छन् । डिपिएल–२ मा दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ । धनगढीबाट ट्यालेन्ट हन्टबाट छानिएका एक खेलाडीलाई टिममा अनिवार्य राख्नु पर्ने प्रावधान पनि राखिएको छ ।
चैत १७ गतेबाट शुरु हुने प्रतियोगिता चैत ३० गतेसम्म चल्नेछ । लिगमा देशभरका विभिन्न ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन् । लिगको विजेताले २५ लाख रुपैया प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले १० लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख नगद प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले १० हजार र म्यान अफ द सिरिज हुनेले टिभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछन् । त्यस्तै, उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउने छन् ।
टि–२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले अन्य टिमसँग १–१ खेल खेल्ने छन् । शीर्ष चारमा पर्ने टिम प्लेअफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिम बीचको खेलबाट विजेता टिम फाइनलमा पुग्ने छ । पराजित हुने टिम तेस्रो र चौथो हुने टिमको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
खेल तालिका
१. १७ चैत १ बजे – टिम चौराहा धनगढीविरुद्ध काठमाडौं गोल्डेन्स्
२. १८ चैत ९ बजे – रुपन्देही च्यालेन्जर्सविरुद्ध सिवाइसी अत्तरिया
३. १८ चैत १ बजे – महेन्द्रनगर युनाइटेडविरुद्ध विराटनगर किङ्स
४. १९ चैत ९ बजे – टिम चौराहा धनगढीविरुद्ध सिवाइसी अत्तरिया
५. १९ चैत १ बजे – रुपन्देही च्यालेन्जर्सविरुद्ध काठमाडौं गोल्डेन्स्
६. २० चैत ९ बजे – महेन्द्रनगर युनाइटेडविरुद्ध टिम चौराहा धनगढी
७. २१ चैत १ बजे – टिम चौराहा धनगढीविरुद्ध विराटनगर किङ्स
८. २१ चैत ९ बजे – सिवाइसी अत्तरियाविरुद्ध काठमाडौं गोल्डेन्स्
९. २२ चैत १ बजे – टिम चौराहा धनगढीविरुद्ध विराटनगर किङ्स
१०. २२ चैत ९ बजे – रुपन्देही च्यालेन्जर्सविरुद्ध महेन्द्रनगर युनाइटेड
११. २३ चैत १ बजे – विराटनगर किङ्सविरुद्ध काठमाडौं गोल्डेन्स्
१२. २४ चैत ९ बजे – महेन्द्रनगर युनाइटेडविरुद्ध सिवाइसी अत्तरिया
१३. २४ चैत १ बजे – टिम चौराहा धनगढीविरुद्ध रुपन्देही च्यालेन्जर्स
१४. २५ चैत ९ बजे – काठमाडौं गोल्डेन्स्विरुद्ध महेन्द्रनगर युनाइटेड
१५. २५ चैत १ बजे – सिवाइसी अत्तरियाविरुद्ध विराटनगर किङ्स
२६ चैत रिजर्भ डे
१६. २७ चैत ९ बजे – क्वालिफायर–१ (लिग वानविरुद्ध लिग २ विजेता)
१७. २७ चैत १ बजे – इलिमिनेटर (लिगको तेस्रो विरुद्ध लिगको चौथो)
१८. २८ चैत १२.३० बजे – क्वालिफायर–२ (क्वालिफायरको लुजरविरुद्ध इलिमिनेटरको विजेता)
२९ चैत रिजर्भ डे
१९. ३० चैत १२.३० बजे – क्वालिफायर्स–१ विजेताविरुद्ध क्वालिफायर्स विजेता–२
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]