default_image

7 years ago

March 20, 2018

धौलागिरी बहिरा माविविरुद्ध पोखराको रन बर्षा

67 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ– धौलागिरी कप तथा चैत्राष्टमी टि ट्वान्टीको तेस्रो दिन मंगलबार पोखरा क्रिकेट क्लब र राइजिङ क्रिकेट क्लब पोखरा ‘ए’ विजयी भएका छन् । पोखराले धौलागिरी बहिरा आवासिय माविलाई २ सय ५८ रनको फराकिलो अन्तरले हराएको थियो । अर्को खेलमा राइजिङले धौलागिरी क्रिकेट क्लब ‘बी’ लाई ७ विकेटले पराजित गरेको थियो ।

बागलुङ बजारमा जारी प्रतियोगितामा टस हारेर व्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १५ रन ठूलो योगफल तयार गरेको थियो । जारी प्रतियोगिताको यो सर्वाधिक योगफल हो । टोलीका लागि विधान श्रेष्ठ र अनिल गुरुङ अर्धशतक पुरा गरे ।

विधानले ३८ बलमा ९१ र अनिलले ३८ बलमा ८२ रन बनाए । त्यस्तै सुमन घिमिरेले २० बलमा अविजित ४८ रन र सुदिप पौडलले २० बलमा १८ रन जोडे ।धौलागिरी माविका बैदेनाथ चौधारीले ३, निरञ्जन अधिकारी र धन बहादुर थापाले समान १ विकेट लिएका थिए ।

३ सय १६ रनको लक्ष्य पछ्याएको धौलागिरी माविले १०.१ ओभरमा सबै विकेट गुमाएर ५७ रन मात्र बनाउन सक्यो । टोलीका रमेश घिमिरेले १२ र रञ्जन निरौलाले ९ रन बनाए । पोखराका समिर सेनले ३ ,विजय राउत र जोय शर्माले समान २, विसि शर्माले र सुमन घिमिरेले समान १ विकेट लिए ।

अर्को खेलमा ४५ रनको सामान्य लक्ष्य पछ्याएको राइजिङले ५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । टोलीका मनोज कोइरालाले १९ रन जोडे । राइजिङले अतिरिक्तमा २० रन पाएको थियो । धौलागिरीका भुवन शर्मा अनिश खत्री र शिवराम मण्डलले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको धौलागिरीले ११ ओभरमा ४४ रनमा समेटिएको थियो । टोलीका लागि भुवन शर्माले २२ र अनिष खत्रीले ९ रन बनाए । धौलागिरीका ६ जनाले रनको खाता खोल्न सकेनन् । राइजिङका कप्तान अमृत गुरुङले ४ र मुकिल यादवले ३ लिए ।

प्रतियोगितामा बुधबार तीन खेल हुनेछन् । बागलुङ नगरपालिका ७ मुल्पानी खेलकुद विकास समिति र रक ११ स्याङ्जा, धौलागिरी क्रिकेट क्लब ९ए० र इस्लामिक एक्टिभ युथ पाल्पा र अर्को खेल बागलुङ क्रिकेट क्लब (निलो) र राइजिङ क्रिकेट क्लब बीच प्रतिस्पर्धा हुने फ्युचर स्पोर्टस् क्लबका सचिव फडिन्द्र खड्काले जानकारी दिए ।

बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिको संयुक्त आयोजनामा जारी प्रतियोगितामा टोलीको सहभागिता छ ।

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.