7 years ago
March 19, 2018
पोखरा (हाम्रो खेलकुद) – नेपालले एक दिवसिय क्रिकेटको मान्यता पाए संगै खुसियाली मनाउन पोखरामा मैत्रीपूर्ण खेल आयोजना गरिएको छ । पोखरा रंगशालामा सोमबार भएको मैत्रीपूर्ण खेलमा कास्की जिल्ला क्रिकेट संघ (बोर्ड ११) ले मंचलाई ११ रनले पराजित गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको बोर्ड ११ ले ५ विकेटको क्षतिमा १ सय २३ रन बनाएको थियो । कास्कीले सबै विकेट गुमाएरले १ सय १२ रनमात्र बनाउन सक्यो । बोर्ड ११ का सूर्य थपलिया पहिलो बलमा गोल्डन डक आउट भएका थिए । लोकेन्द्र ढकालको बलमा सुजन पौडेलले क्याचमा उनी आउट भएका थिए । टोलीका लागि सिर्दाथ श्रेष्ठले ३८ बलमा ४१ रन जोडे । सञ्जय नेपालले २६ र दिपेन्द्र चन्दले २३ रन बटुले । मञ्चका लोकेन्द्र ढकाल र सुजन पौडेलले समान २ तथा निरज पन्तले १ विकेट लिएका थिए ।
जवाफमा १ सय २४ रनको लक्ष्य पछ्याएको मञ्चका लागि शुसान्त गाहा मगरले १८ बलमा ३३ रन बनाए । बिनोद लामिछानेले ३७, सुदिप गुरुङले १४ रन बाहेक अन्य खेलाडीले खासै राम्रो पर्दशन गर्न सकेनन् । बोर्ड ११ का विनित श्रेष्ठले ४, सञ्जयकान्त सिग्देल ३ र सञ्जय नेपालले २ विकेट लिए ।
पोखरा रंगशालामाको क्रिकेट खेल मैदानमा खुसियाली मनाउन उपस्थित सबैले एक आपसमा बधाई साटा–साट गरेका थिए । पोखरा लेखनाथ महानगर पलिकाका मेयर मान बहादुर जिसीले क्रिकेटमा नेपालले पाएको ऐतिहासिक सफलताले सबैलाइ गौरवान्वित बनाएको बताए । उनले यस प्रकारका मैत्रीपूर्ण प्रतियोगिताले समाजमा नयाँ सन्देश जाने र खेल संस्कृती बिकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । मेयर जिसीले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न क्रिकेट खेलको विकास अपरिहार्य रहेको बताए ।
नेपाल पर्यटन बोर्ड पोखरा कार्यलयका प्रमुख सूर्य थपलियाले खेल पर्यटनका माध्यम बाट पनि पोखरा शहरलाई विश्वमा परिचित गराउन मद्दत पुग्ने बताए । यस क्षेत्रलाई खेल पर्यटनको प्रमुख गन्तव्यको रुपमा विकास गर्न सहयोग पुग्ने बताउँदै थपलियाले बोर्डले खेलकुद पर्यटनको विकासका लागि विशेष कार्यक्रमका साथ अघि वढ्ने बताए ।
नेपाल पत्रकार महासंघका कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठले नेपाली क्रिकेट टोलीले खेलको माध्यम द्वारा विश्वमा देशलाई चिनाउन खेलेको भूमिका प्रशंसनिय रहेको बताउँदै उनीहरुको सम्मान यस्ता मैत्रीपुर्ण खेलहरुको आयोजनाले थप उत्साह जाग्ने बताए । कार्यक्रममा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, जिल्ला खेलकुद बिकास समिती कास्कीका कोषाध्यक्ष दिपक गोदार, मंच कास्कीका अध्यक्ष केशब पाठक नेपाली टोलीको सफलताको चर्चा गरेका थिए ।
नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला क्रिकेट संघ, नेपाल खेलकुद पत्रकार मंच समन्वय शाखा कास्की र पर्यटन परिषद पोखराले सोमबारले संयुक्त रुपमा टि ट्वान्टी क्रिकेट खेलको आयोजना गरेको थियो ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]