default_image

7 years ago

March 19, 2018

एक दिवसिय मान्यता पाएको नेपाली टोली आइपुग्यो

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चार वर्षका लागि एक दिवसिय मान्य प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश आइपुगेको छ । नेपाली टोलीका स्वागत गर्न ठूलो संख्यामा समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल पुगेका थिए । नवनियुक्त युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, मन्त्रालयका सचिव महेश दाहाल,राखेप सदस्य सचिव केशवकुमार विष्ट लगायतले  विमानस्थलमा टोलीको स्वागत गरेका थिए । 

विवेक सुवेदी/हाम्रो खेलकुद

अर्को वर्ष हुने विश्व कपका लागि छनोट हुन असफल भएपछि नेपाल एक दिवसिय मान्यता पाउन भने सफल भएको थियो । सातौं स्थानको प्ले अफमा पपुवा न्युगिनीलाई ६ विकेटले हराउँदै र अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालले एक दिवसिय मान्यता पाएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले विश्व कप छनोट प्रतियोगिता सुरु हुनु अघि उत्कृष्ट नेदरल्यान्ड्स बाहेक तीन एसोसियट्सलाई आगामी चार वर्षका लागि एकदिवसिय मान्यता दिने घोषण गरेको थियो ।

स्कटल्यान्ड र युएई टोली सुपर सिक्समा पुगेपछि एउटा टोली मात्र बाँकी रहेको थियो । त्यहि बाँकी एक टोलीमा नेपाल छनोट हुन सफल भएको थियो । विश्व कप छनोटमा आठौं स्थानमा रहँदै नेपालले यात्रा अन्त्य गरेको गिथयो । पपुवा न्यु गिनी र हङकङ भने डिभिजन टु मा घटुवा भएका छन् ।

विवेक सुवेदी/हाम्रो खेलकुद

March 12, 2025

क्यानले नयाँ ग्रेडिङ सार्वजनिक गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक करार सूची सार्वजनिक गरेको छ। खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणीमा वर्गीकरण गर्दे पारिश्रमिक तोकेको छ। ग्रेड ‘ए’ खेलाडी (मासिक पारिश्रमिक – रु १,००,०००) ग्रेड ‘ए’ मा कप्तान रोहित पौडेल, दिपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, र आसिफ […]

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

Success

Thank you for your time.