default_image

7 years ago

March 18, 2018

भारतलाई श्रृखंला, रोमाञ्चक फाइनलमा बंगलादेशको हार

84 views

0 Bookmark

कोलम्बो (एजेन्सी)– दीनेश कार्तिकले अन्तिम बलमा छक्का प्रहार गरेपछि बंगलादेशलाई ४ विकेटले हराउँदै भारतले टि ट्वान्टी त्रिकोणात्मक श्रृखंला जितेको छ । अन्तिम बलमा जितका लागि ५ रनको आवश्यता रहेको अवस्थामा कार्तिकले छक्का प्रहार गर्दै टोलीको जित पक्का परेका थिए ।

भारतलाई जितका लागि अन्तिम १३ बलमा ३४ रनको आवश्यकता थियो । १ सय ६७ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रन जोडेको थियो । सातौं नम्बरमा ब्याटिङ गरेका दिनेशले मात्र ८ बलमा २ चौका र ३ छक्काको मद्दतमा अविजित २९ रन बनाएका थिए ।

कप्तान रोहित शर्माले अर्धशतक बनाउँदै टोलीलाई उकासेका थिए । रोहितले ४२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५६ रन बनाएका थिए । शिखर धवनले १० रन जोडे भने सुरेश रैनाले खाता खोल्न सकेनन् । लोकेश राहुलले २४, मनीष पाण्डेले २८ र विजय शंकरले १७ रन जोडे । बंगलादेशका रुवेल हुसेनले २ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको लागि निम्ताइएको बंगलादेशले सब्बिर रहमानको अर्धशतकको मद्दतमा ८ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो । ओपनर तमिम इक्वाल (१५) र लिटोन दास(११) मा आउट भएपछि रहमानले इनिङ सम्हालेका थिए ।

५० बल खेलेका रहमानले ७ चौका र ४ छक्का साथ ७७ रन बनाएका थिए । रनआउट भएका महमुदुल्लो २१ रन जोडे । मेहेदी हसन मिराज अविजित १९ रन बनाए । भारतका लागि युजभेन्द्र चाहालले ३ विकेटले लिए ।

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.