7 years ago
March 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोटमा आठौँ स्थानमा प्रतियोगिताको अन्त्य गरेको नेपाली टोलीले एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउँदै क्रिकेट इतिहासकै सबैभन्दा ठूलो सफलता हांसिल गर्यो ।
नेपालले उक्त सफलता पाउने क्रममा खेलेको ६ मध्ये २ खेलमा जित हात पार्यो । जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग समूह ‘बी’मा परेको नेपालले पहिलो खेलमा आयोजक जिम्बावेविरुद्ध १ सय १६ रनले पराजित हुँदै प्रतियोगिताको सुरुआत गरेपनि टेस्ट मान्यता पाएको राष्ट्रसँग नेपालको सन्तोषजनक प्रदर्शन देखियो । शरद भेषावकर र आरिफ शेखको अर्धशतकको मद्दतले नेपालले २ सय ६४ रन बनाएको थियो ।
प्रतियोगितामा ब्याटिङतर्फ कप्तान पारस खड्काले सर्वाधिक रन बनाए भने युवा स्टार सन्दीप लामिछानेले सर्वाधिक विकेट लिए ।
इएसपिएन क्रिकइन्फोको मद्दतमा हाम्रो खेलकुदले तयार पारेको नेपाली टोलीको तथ्याङ्क हेर्नुहोस् :
सर्वाधिक रन : नेपालका लागि सर्वाधिक रन कप्तान पारस खड्काले जोडे, उनले ३८.५० को औसतमा २ सय ६३ बलको सामना गर्दै २ सय ३१ रन बनाउने क्रममा २ अर्धशतक प्रहार गरे ।
सर्वाधिक चौका : नेपालका लागि सर्वाधिक चौका पनि कप्तान पारसले प्रहार गरे । उनले ३४ चौका प्रहार गरेका थिए ।
सर्वाधिक छक्का : दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ छक्का प्रहार गरे । पिएनजी विरुद्ध एकै खेलमा उनले ३ छक्का प्रहार गरेका थिए ।
उच्च स्ट्राइक रेट : चोटका कारण पहिलो २ खेल मात्र खेलेका शरदको १ सय ६ दशमलव १२ को स्ट्राइक रेट नै नेपालका लागि उत्कृष्ट रह्यो ।
सर्वाधिक विकेट : बलिङ तर्फ भने सन्दीपले प्रतियोगितामा १३ विकेट लिंदै नेपालको तर्फबाट सर्वाधिक विकेट लिने खेलाडी बने । उनले ६ खेलमा ५७.४ ओभर बलिङ गर्दै ९ मेडेन राख्दै १३ विकेट लिए ।
उत्कृष्ट इकोनमी : नेपालका लागि सबैभन्दा किफायती बलर पनि सन्दीप नै रहे । उनले ४.१० को इकोनामी कायम गरे ।
बेस्ट फिगर : बलिङतर्फ सन्दीप, दीपेन्द्र र सोमपालले एकै खेलमा ४ विकेट लिन सफल भए । दीपेन्द्रले पिएनजी विरुद्ध ४.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका थिए । त्यो नै प्रतियोगितामा नेपाली बलर तर्फबाट बेस्ट फिगर रह्यो ।
क्याच : प्रतियोगितामा दीपेन्द्र र ललित राजबंशीले सर्वाधिक ३ क्याच समाते ।
साझेदारी : अफगानिस्तान विरुद्ध कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द मल्लबीच दोस्रो विकेटका लागि बनेको ९२ रनको साझेदारी नेपालको तर्फबाट सर्वाधिक रह्यो । हङकङ विरुद्ध छैटौं विकेटका लागि सोमपाल र रोहितबीच बनेको ८९ रनको महत्पूर्ण साझेदारी नेपालका लागि दोस्रो ठूलो साझेदारी रह्यो ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]