default_image

7 years ago

March 18, 2018

मेड इन नेपाल एक्स्पोमा डिपिएलको चर्चा

56 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण सुरु हुन झन्डै दुई साता बाँकी छ । धनगढीमा हुने डिपिएलको अहिले राजधानीमा चर्चा छ । भृकुटीमण्डपमाशुक्रबार सुरु भएको मेड इन नेपाल एक्स्पो–२०७४ डिपिएल २ को स्टलका कारण चर्चामा रहेको हो । एक्स्पोमा १ सय ४० स्टल छन् । अन्य स्टलमा भन्दा डिपिएल–२ को स्टलमा दर्शकहरुको घुइचो देखिएको छ ।

डिपिएल–२ सुरु हुने केहि दिनअघि स्टल राख्दा प्रतियोगिताको प्रचारमा थप सहयोग पुगेको डिपिएलको आयोजन धनगढी क्रिकेट एकेडेमीका निर्देशक प्रकाश खड्काले हाम्रो खेलकुदलाई बताए । ‘डिपिएल–२ को यसअघि पनि विभिन्न मिडियाहरुबाट व्यापाक प्रचार प्रसार भएको छ । मेड इन नेपाल एक्स्पोमा ‘डिपिएल’ लाई अझै ब्राण्ड बनाउन हामीले स्टल राखेका हौं ’ डिपिएल–२ का निर्देशक समेत रहेका खड्काले भने, ‘डिपिएलको थप प्रचारका लागि स्टल राखेका हौं । भर्खरै मात्र नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको कारण पनि स्टलमा बढी भीड र माहोल देखिएको हो ।’

डिपिएल–२ को स्टलमा स्पोन्सरहरुबाट ६ वटा रमाइलो खेलहरु पनि राखिएको छ । ब्याटिङ गर्दा ब्याटिङ गर्ने पक्षले ६ स्थानमध्ये जुन स्थानमा हिट गर्न सक्यो , त्यही स्पोन्सरको आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको स्टलका लक्ष्मण बहादुर सिंहले बताए । स्पोन्सरहरु जगशक्तिबाट मुभी टिकेट, गोल्डस्टारबाट एक थान गोल्डस्टार जुत्ता, नेपाल मेडिसिटीबाट एक थान टिसर्ट, रुस्लानबाट पेन ड्राइभ, डिपिएलले फाइनल टिकट र ई–सेवाले रिचार्जको व्यवस्था गरिएको दर्शकहरुले हिट गर्दै उपहारहरु जितेर थप मनोरन्जन लिइरहेको सिंहले बताए ।

एक्स्पोको अन्तिम दिनसम्म १ हजार भन्दा बढी दर्शकले स्टल अवलोकन गर्ने उनले थपे । युवा उद्यमी मञ्चका अध्यक्ष दीपक थापाले प्रोडक्ट, ब्राण्ड र सर्भिसका लागि मेड इन नेपाल एक्स्पो आयोजना गरिएको बताए । एक्स्पोको अवधि छोटो भएपनि तीन दिनको बीचमा नेपाली ब्राण्डले आफ्नो क्षेत्राधिकार बढाउने मौका पाएको अध्यक्ष थापाले थपे ।

स्टलमा नेपालमै बनेको दक्षिण एसियाको पहिलो तयारी रारा चाउचाउ, नेविको विस्कुट, कृष्ण पाउरोटी, वाइवाई चाउचाउ, हात्ती छाप र गोल्डस्टारलगायतको स्टल छ । एक्स्पो शनिबारसम्म चल्नेछ । सर्वाधिक पुरस्कार राशीको डिपिएलको विजेताले २५ लाख रुपैयाँ पाउनेछ । डिपिएल चैत १७ गतेदेखि सुरु हुने बताइएको छ ।

October 8, 2024

तीन शतकको सहयोगमा पाकिस्तानको विशाल योगफल

एजेन्सी – पाकिस्तानले इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ । ३ खेलको टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो इनिङको समाप्तीमा तीन शतकको सहयोगमा ५ सय ५६ रनको विशाल योगफल तयार गरेको छ । घरेलु टोलीका कप्तान शान मक्सुद, […]

October 8, 2024

महान्यायाधिवक्ता कार्यालयले सन्दीप विरूद्ध पुनरावेदन नगर्ने

काठमाडौं (हाम्रो खेलकुद)- महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने विरूद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। उच्च अदालतको फैसला चित बुझेको कारण पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका सूर्यराज दाहालले बताए। असोज १० गते सन्दीप विरूद्धको उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको हो।‌ उक्त मुद्दामा […]

October 8, 2024

खनाल सुदूरपश्चिमको सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले केपी खनाललाई आफ्नो सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त गरेको छ । सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाह र सोसियल एक्टिभिस्ट एम्बेसडर खनालले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । क्लिन काष्ठमण्डप सरसफाई अभियान, मैनादेवी फाउन्डेसनमार्फत हरियाली, स्वच्छता अभियानमा स्थानिय निकायसँग सहकार्य गर्न खनाल सक्रिय रहेका छन् । […]

Success

Thank you for your time.