default_image

7 years ago

March 17, 2018

नेपाल नेदरल्यान्ड्स विरुद्ध पराजित, प्रतियोगितामा आठौं

51 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत सातौं स्थानको प्ले-अफमा नेपाल नेदरल्यान्ड्स विरुद्ध ४५ रनले पराजित भएको छ । यस नतिजासँग नेपाल प्रतियोगितामा आठौं भएको छ ।

Nepali Cricket Nepal Cricket

१ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभर ४ बलमा १ सय ४४ बनाउँदै अलआउट हुन पुग्यो । नेपालको आज ब्याटिङ प्रदर्शन निकै फितलो रह्यो । ओपनर ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए भने अर्का ओपनर अनिल शाह ८ रन बनाउँदै पभेलियन फर्केका थिए । पारस खड्काले २२ रन तथा दिपेन्द्र संह ऐरीले २५ रनको योग्दान दिएका थिए ।

आज आरिफ शेख ५ रन तथा रोहित पौडेल बिना खाता खोली नै आउट हुन पुगे । त्यस्तै शक्ति गौचन पनि डक आउट भए भने करण केसीले १३ रनको पारी खेले । सोमपालले अन्त्यमा ३६ रन जोड्दै नेपालको पारी केही उकासे पनि विकेट हातमा नभएका कारण नेपाल पराजित हुन पुग्यो । सन्दिपले पनि अन्त्यमा करियरको सर्वाधिक १४ रनको पारी खेले । नेदरल्यान्ड्सका बलर रोलोफ भान डेर मर्वले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८९ रन बनाउन सफल भएको थियो । नेपालका लागि पेस बलर सोमपाल कामीले नेदरल्यान्ड्सलाई सुरुवातमा तीन झट्का दिएका थिए । १० ओभरमा २४ रन दिंदै उनले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सन्दिप लामिछाने र ललित राजवंशीले दुईदुई विकेट लिए भने शक्ति गौचनले एक विकेट लिए ।

नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याट्सम्यान बास डे लिडले सर्वाधिक ३९ रनको योग्दान दिंदै आफ्नो टोलीलाई सम्मानजनक लक्ष्यसम्म पुर्याएका थिए । त्यसैगरी भान डेर मर्व र स्कट एडवार्ड्सले समान २५ रनको योग्दान दिए ।

नेपालले पपुवा न्यु गिनीलाई हराउँदा र अन्य नतिजा आफ्नो पक्ष्यमा जाँदा नेपालको एक दिवसीय मान्यता पहिले नै सुनिश्चित भएको थियो भने विश्व क्रिकेट लिग मार्फत नेदरल्यान्ड्सले पनि एक दिवसीय मान्यता पाइसकेको थियो । त्यसैले आजको खेलको नतिजाले दुवै टोलीलाई खासै फाइदा बेफाइदा केही भएन ।

September 30, 2024

ज्ञानेन्द्र मल्ल कर्णाली को प्रशिक्षक नियुक्त

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली कर्णाली याक्सले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षक र निर्देशक नियुक्त गरेको छ । कर्णाली याक्स ले सोमवारले लोगो र नाम सार्वजनिक गर्ने कार्यक्रममार्फत मुख्य प्रशिक्षकमा मल्ललाई नियुक्त गरेको घोषणा गरेको हो । टोलीका सहायक प्रशिक्षकमा राजु बस्न्यातलाई कन्सल्टिङ कोच नियुक्त गरेको […]

September 30, 2024

कर्णालीद्वारा आफ्नो नाम र लोगो सार्वजनिक

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली कर्णालीले आफ्नो नाम र लोगो घोषणा गरेको छ । कर्णालीले सोमवार एक कार्यक्रममार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम कर्णाली याक्स रहनेछ । कर्णाली मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी रहेका छन् । कर्णाली याक्सको स्वामित्व […]

September 30, 2024

एनपिएल टोली सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो घोषणा गरेको छ । सुदूरपश्चिमले सोमवार सामाजिक सन्जालमार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम सुदूरपश्चिम रोयल्स रहनेछ । व्यवसायिक क्रिकेटलाई नयाँ उचाई दिने लक्ष्यका साथ क्यानले अघि बढाएको योजनामा सुदुरपश्चिमलाई प्रतिनिधित्व गर्दै आफ्नो ठाँउबाट भूमिका […]

Success

Thank you for your time.