default_image

7 years ago

March 17, 2018

टियुुलाई युनिभर्सिटी क्रिकेट कपको उपाधि

57 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय ‘टियु’ को ‘ए’ टिमले युनिभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा टियुले डिएभी कलेजलाई ६ विकेटले पराजत गर्दै दोस्रो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो ।

Winner Army

डिएभीले दिएको १ सय ४२ रनको लक्ष्य टियुले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । टियुलाई उपाधि दिलाउन ओपनर ब्याट्सम्यानद्धय रविन जोशी र इशान पाण्डेले उत्कृष्ट प्रदर्शन गरे । रविन जोशीले ७१ रनको अर्धशतकीय इनिङ्स खेल्दा इशान पाण्डेले पनि ५७ रनको अर्धशतकीय इनिङ्स खेले । सुवास खकुरेल ७ रनमा नटआउट रहे । डिएभीका नन्दन यादव र दीलिप यादवले समान २ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४१ रनका मध्यम योगफल तयार पारेको थियो । डिएभीका सुधिर चौधरीले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । सनतोष पौडेलले ३५ रन बनाए । सन्जय बस्नेत र विवेक रानामगर १३ र १द्द रनमा नटआउट रहे । टियुका इशान पाण्डे सागर ढकाल र रुपेश श्रीवास्तवले समान १ विकेट लिए ।

उपाधिसँगै टियुले २ लाख रुपैया हात पार्यो । दोस्रो भएको डिएभीले १ लाख रुपैयामा चित्त बुझायो । टियुका इशान पाण्डे प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार रुपैया प्राप्त गरे । डिएभीका आदिल खान उत्कृष्ट ब्याट्सम्यान, टियुका सागर ढकाल उत्कृष्ट बलर र महेश खत्री प्रतियोगिताको उदयमान खेलाडी घोषित भए । उनीहरुले समान १० हजार रुपैया हात पारे ।

सोही अवसरमा आयोजकले पूवृ खेलाडी, टियुका पहिलो कप्तान तथा अम्पायर दुर्गानाथ सुवेदी (देवेन्द्र) लाई सम्मान गर्यो । प्रतियोगिताको विजयी खेलाडीलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, गोल्डेन गेटका सिइओ रमेश सिलवाल र मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले पुरस्कृत गरे ।

युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा भएको दोस्रो संस्करणको प्रतियोगिता फागुन २५ गतेबाट त्रिवि क्रिकेट मैदानमा शुरु भएको थियो । नकआउटको आधारमा भएको प्रतियोगितामा विभिन्न १६ कलेजहरुले सहभागिता जनाएको थियो ।

Durga Nath Subedi

September 30, 2024

एनपिएल टोली सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो घोषणा गरेको छ । सुदूरपश्चिमले सोमवार सामाजिक सन्जालमार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम सुदूरपश्चिम रोयल्स रहनेछ । व्यवसायिक क्रिकेटलाई नयाँ उचाई दिने लक्ष्यका साथ क्यानले अघि बढाएको योजनामा सुदुरपश्चिमलाई प्रतिनिधित्व गर्दै आफ्नो ठाँउबाट भूमिका […]

September 30, 2024

ब्रान्ड लजिकलाई एनपिएलको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को कमर्सियल राइट्स ब्रान्ड लजिकले प्राप्त गरेको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बोलकबोल प्रक्रियामार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स ब्रान्ड डिजिटल लजिक प्रालिले प्राप्त गरेको जनाएको छ। आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो। यस सम्झौतासंगै ब्रान्ड लजिकको […]

September 30, 2024

गुलशन बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी रहेको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा ओमानविरुद्धको खेलमा अलराउन्डर गुलशन झा ‘प्लेयर अफ द म्याच’ बनेका छन् । ओमानविरुद्धको खेलमा अलराउन्ड प्रदर्शन देखाएका गुलशन ‘प्लेयर अफ द म्याच’ बनेका हुन् । ओमानविरुद्धको खेलमा गुलशनले ब्याटिङ तर्फ १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४० रन बनाएका थिए । […]

Success

Thank you for your time.