default_image

7 years ago

March 17, 2018

नेदरल्यान्ड्सविरुद्ध नेपाल पहिले बलिङ गर्दै, वसन्तको स्थानमा शक्ति

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज नेपालले सातौं स्थानको प्ले-अफमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपाली समयअनुसार सो खेल १.१५ बजे सुरु हुने छ ।

तस्बिर: रमण सिवाकोटी

समूह ‘ए’ मा नेदरल्यान्ड्स एक जित दर्ता गर्दै चौथो स्थानमा रहेको थियो । त्यस्तै नेपालले पनि समूह ‘बि’ मा एक जित दर्ता गर्दै चौथो स्थानमा रह्यो । नेपालले अघिल्लो खेलमा पपुवा न्यु गिनीलाई पराजित गर्न सफल रह्यो । अर्को तर्फ, नेदरल्यान्ड्सले हङकङलाई हराएको थियो । नेदरल्यान्ड्सको सो जितले नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि सुनिश्चित भएको थियो ।

आजको खेलमा दुवै टोलीलाई केहि गुमाउनु छैन । नेदरल्यान्ड्सले विश्व क्रिकेट लिगमार्फत नै एक दिवसीय मान्यता पाइसकेको थियो । यस अघि नेपाल नेदरल्यान्ड्ससँग चार पटक भिड्दा दुईमा जित र दुईमा हार बेहोरेको छ । नेपाल सन् २०१४ मा विश्वकप छनोट प्रतियोगितामा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । त्यस्तै डिभिजन-२ मा भने नेपालले जित दर्ता गर्न सफल भएको थियो । विश्व किकेट लिगमा नेपालले एक खेलमा जित हांसिल गरेको थियो भने एक खेलमा पराजय भोगेको थियो ।

नेपालको ओपनिङले ज्यादै आलोचना खेपिरहेको बेला आज सो पक्ष्यमा सुधारिएको प्रदर्शन गर्ने मौका हुने छ । आज वसन्त रेग्मीलाई विश्राम दिइएको छ भने उनको स्थानमा अर्का सिनियर स्पिनर शक्ति गौचन टोलीमा समावेश भएका छन् । पिएनजी विरुद्ध खेलेको नेपाली टोलीमा अन्य परिवर्तन छैन ।

January 22, 2025

भारतविरुद्ध इङ्ग्ल्याण्डको सामान्य योगफल

एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले सामान्य योगफल तयार गरेको छ । भारतको कोलकातामा जारी खेलमा इङ्ग्ल्याण्डले भारतलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको छ। […]

January 22, 2025

जय नेपाल कप – मध्यमश्चिम र बिहारको जित

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कपमा बुधवार मध्य पश्चिम र बिहार विश्वविद्यालय विजयी भएका छन्। कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमस बुधवारको दोस्रो खेलमा मध्य पश्चिमले काठमाडौं विश्वविद्यालयलाई १ सय ३४ रनले पराजित गरेको हो । १ सय ९३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ५८ रन जोड्दै अल आउट भयो । काठमाडौंका लागि दिवस सुवेदीले […]

January 22, 2025

सन्दीपको अर्ध शतकमा जे आरको जित

सुमन अधिकारी, बुटवल जे आर क्रिकेट क्लब बुटवल भैरहवामा जारी रुपन्देही ‘ए’ डिभिजन सुपरलिग क्रिकेट प्रतियोगितामा  बुधवार विजयी भएको छ । सन्दीप जोराको अर्धशतकमा जेआरले प्रोफेसनल माष्टर्स-११ लाई ५ विकेटले हरायो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले निर्धारित ३७ ओभरको खेलमा ३० ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन बनाएको […]

Success

Thank you for your time.