default_image

7 years ago

March 17, 2018

सातौं स्थानका लागि नेपाल नेदरल्यान्ड्सविरुद्ध खेल्दै

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज नेपालले सातौं स्थानको प्ले-अफमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । नेपाली समयअनुसार सो खेल १.१५ बजे सुरु हुने छ ।

समूह ‘ए’ मा नेदरल्यान्ड्स एक जित दर्ता गर्दै चौथो स्थानमा रहेको थियो । त्यस्तै नेपालले पनि समूह ‘बि’ मा एक जित दर्ता गर्दै चौथो स्थानमा रह्यो । नेपालले अघिल्लो खेलमा पपुवा न्यु गिनीलाई पराजित गर्न सफल रह्यो । अर्को तर्फ, नेदरल्यान्ड्सले हङकङलाई हराएको थियो । नेदरल्यान्ड्सको सो जितले नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि सुनिश्चित भएको थियो ।

आजको खेलमा दुवै टोलीलाई केहि गुमाउनु छैन । नेदरल्यान्ड्सले विश्व क्रिकेट लिगमार्फत नै एक दिवसीय मान्यता पाइसकेको थियो । यस अघि नेपाल नेदरल्यान्ड्ससँग चार पटक भिड्दा दुईमा जित र दुईमा हार बेहोरेको छ । नेपाल सन् २०१४ मा विश्वकप छनोट प्रतियोगितामा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । त्यस्तै डिभिजन-२ मा भने नेपालले जित दर्ता गर्न सफल भएको थियो । विश्व किकेट लिगमा नेपालले एक खेलमा जित हांसिल गरेको थियो भने एक खेलमा पराजय भोगेको थियो ।

नेपालको ओपनिङले ज्यादै आलोचना खेपिरहेको बेला आज सो पक्ष्यमा सुधारिएको प्रदर्शन गर्ने मौका हुने छ । अघिल्लो खेलमा स्पिनर ललित राजवंशीले बलिङ गरेका थिएनन् । उनलाई आजको खेलमा विश्राम दिइने सम्भावना पनि रहेको छ ।

October 7, 2024

इङ्ग्ल्यान्डको लगातार दोस्रो जित

एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपमा इङ्ग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । इङ्ग्ल्यान्डले सोमवार दक्षिण अफ्रिकामाथि ७ रनको जित हात पार्यो । १ सय २५ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि शारजहामा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ […]

October 7, 2024

इङ्ग्ल्यान्डविरुद्ध पाकिस्तानको मजबुत सुरुवात

एजेन्सी – पाकिस्तानले इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो दिन मजबुत सुरुवात गरेको छ । ३ टेस्टको सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो दिन सोमवारको खेल सकिदा ४ विकेट गुमाएर ३ सय २८ रन जोडेको छ । नसिम शाह र साउद सकिल क्रिजमा छन् । […]

October 7, 2024

एनपिएल अक्सनमा सुदूरपश्चिमको दबदबा, पूर्वको शून्यता

सुबास हुमागाईं, काठमाडौं नेपाल प्रिमियर लिग (एनपिएल) मा देशभरका ८ सहरको प्रतिनिधित्व गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज घोषणा गरेको थियो । क्रिकेटको क्रेज रहेका मुख्य ८ क्षेत्रलाई समेट्नुको कारण त्यस क्षेत्रको क्रिकेटलाई थप बढावा दिनु र स्थानीय स्तरमा खेलाडी विकासमा योगदान दिनु थियो । सहभागी फ्रेन्चाइजहरुले आइतबार सम्पन्न अक्सनबाट पहिलो सिजनका लागि टोली […]

Success

Thank you for your time.