default_image

7 years ago

March 16, 2018

टियु र डिएभी युनिभर्सिटी क्रिकेट कपको फाइनलमा

71 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ‘ए’ र डिएभी कलेज राजधानीमा जारी दोस्रो संस्करणको युनिभर्सिटी कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

Xtep man of the match

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा टियुले कसमस कलेजमाथि सुपर ओभरमा ८ रनको जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

कसमसले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको टियुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट लिइएको हो । सुपर ओभरमा टियुले दिएको १९ रनको लक्ष्य पछ्याएको कसमसले ११ रनमात्र बनाउन सक्यो ।

यसअघि सुवास खकुरेलको ७६ रनको मद्दतमा टियुले निर्धारित लक्ष्यलाई बराबरी गरेको थियो । पृथु बास्कोटा ३०, विक्रम सोव १८, रविन जोशी १७ र सोनु तामाङले १० रन जोडे । कसमसका दिपेश श्रेष्ठ, कमल सिंह ऐरी, कुशल भुर्तेल, योगेन्द्रसिंह कार्की र सन्दिप जोराले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कसमसले निर्धारित २० ओभरमा अअमित श्रेष्ठको ६० र सन्दिप जोराको ५७ रनको अर्धशतकीय मद्दतमा ६ विकेट गुमाएर १ सय ७० रनको सम्मानजनक योगफल तयार पारेको थियो । प्रशन्न शाक्यले नटआउट २५ रनको योगदान दिए । कुशल भुर्तेल १५ रनमा आउट भए । टियुका सागर ढकालले ३, रुपेश श्रीवास्तवले २ तथा क्षितिज सिंहले १ विकेट लिए ।

शुक्रबारै भएको अर्काे खेलमा डिएभीले गोल्डेनगेट कलेजमाथि ११ रनको जित निकाल्दै फाइनलमा टियुसँगको भेट पक्का गर्यो ।

डिएभीले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको गोल्डेनगेटले ८ विकेट गुमाएर १ सय ९ रनमात्र बनाउन सक्यो । गोल्डेनगेटका नरेश बुढाऐरले ३७ तथा भुुपेन्द्र थापाले २७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । डिएभीका आदिल खानले ३ तथा नन्दन यादव, शंकर पौडेल र सुमित झाले समान १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको डिएभीले अलआउट हुदै १ सय २० रन जोडेको थियो । डिएभीका आदिल खानले २७, सुमित महर्जनले २२, शंकर पौडेल १४, गौरव खड्का १३, दीलिप यादव १२ र सन्तोष पौडेलले १० रन जोडे । गोल्डेनगेटका सन्तोष भाटले ३ तथा रसिद खानले २ विकेट लिए । शाहव आलम र किशोर महतोले समान १ विकेट हात पारे ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

September 30, 2024

एनपिएल टोली सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो घोषणा गरेको छ । सुदूरपश्चिमले सोमवार सामाजिक सन्जालमार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम सुदूरपश्चिम रोयल्स रहनेछ । व्यवसायिक क्रिकेटलाई नयाँ उचाई दिने लक्ष्यका साथ क्यानले अघि बढाएको योजनामा सुदुरपश्चिमलाई प्रतिनिधित्व गर्दै आफ्नो ठाँउबाट भूमिका […]

September 30, 2024

ब्रान्ड लजिकलाई एनपिएलको ‘स्ट्राटेजिक एण्ड कमर्सियल राइट्स’

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को कमर्सियल राइट्स ब्रान्ड लजिकले प्राप्त गरेको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बोलकबोल प्रक्रियामार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स ब्रान्ड डिजिटल लजिक प्रालिले प्राप्त गरेको जनाएको छ। आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो। यस सम्झौतासंगै ब्रान्ड लजिकको […]

September 30, 2024

गुलशन बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी रहेको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा ओमानविरुद्धको खेलमा अलराउन्डर गुलशन झा ‘प्लेयर अफ द म्याच’ बनेका छन् । ओमानविरुद्धको खेलमा अलराउन्ड प्रदर्शन देखाएका गुलशन ‘प्लेयर अफ द म्याच’ बनेका हुन् । ओमानविरुद्धको खेलमा गुलशनले ब्याटिङ तर्फ १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४० रन बनाएका थिए । […]

Success

Thank you for your time.