default_image

7 years ago

March 15, 2018

सुपर सिक्समा वेस्ट इन्डिज अफगानिस्तानसँग पराजित

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गरेको छ । उत्कृष्ट बलिङ गर्दै वेस्ट इन्डिजलाई १ सय ९७ रनमा रोक्न सफल अफगानिस्तानले ४७.४ ओभरमा लक्ष्य पुरा गर्दै विश्व कपमा स्थान बनाउने सम्भावना जीवित राखेको हो ।

afghanistan

तस्बिर: आईसिसी

समूह चरणमा सोचे अनुरुप प्रदर्शन गर्न नसकेपछि अफगानिस्तानको सुपर सिक्सको यात्रा नेपाल र हङकङ बीचको खेलमा निर्भर रहेको थियो । नेपालले हङकङलाई पराजित गरेपछि अफगानिस्तानको सुपर सिक्समा स्थान पक्का भएको थियो ।

१ सय ९८ रनको लक्ष्य पाएको अफगानिस्तानले १७ रनमा दुवै ओपनरहरु गुमाएपनि मिडल अडर ब्याट्सम्यानहरुले जितको आधार बनाए। रहमत शाहले सर्वाधिक ६८ रन बनाउँदा मोहम्मद नवीले ३१ तथा समीउल्लाह शेनवारीले २७ रनको योगदान दिए । वेस्ट इन्डिजका जेसन होल्डरले सर्वाधिक ३ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । ओपनर क्रिस गेल १ रन मात्र बनाउँदै आउट भएपछि दबाद महसुस गरेको इन्डिजले ५३ रनमा तेस्रो विकेट गुमाएको थियो । कसिलो बलिङ गरेका मुजिब उर रहमानले १० ओभरमा ३ विकेट लिंदै ३३ रनमात्र खर्चिएका थिए । वेस्ट इन्डिजका शाइ होपले सर्वाधिक ४३ रन बनाएका थिए ।

सुपर सिक्सको अन्य खेलमा स्कटल्याण्डले युएईमाथि ७३ रनको प्रवाभशाली जित दर्ता गर्यो । ओपनर म्याथेउ क्रसको १ सय १४ रनको शतकीय पारीको मद्दतले ३ सय २३ रनको लक्ष्य दिएको स्कटल्याण्डले युएईलाई २ सय ४९ रनमा अलआउट गरेको हो । स्कटल्याण्डका क्रिस सोलले सर्वाधिक ४ विकेट लिए।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.