default_image

7 years ago

March 15, 2018

नेपालको एक दिवसीय मान्यता सुनिश्चित

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी एक दिवसीय मान्यता सुनिश्चित गरेको छ । लिस्ट ‘ए’ क्रिकेट खेलिरहेको नेपालले अब ४ वर्षसम्म एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा आफ्नो सहभागिता जनाउने छ ।

नेपालले आज पपुवा न्यु गिनीलाई ६ विकेटले हराउँदै विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानको प्ले-अफमा प्रवेश गरेको थियो । त्यस्तै अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपालको एक दिवसीय मान्यता सुनिश्चित भएको हो । नेदरल्यान्ड्सले विश्व क्रिकेट लिगबाटै एक दिवसीय मान्यता सुनिश्चित गरेको थियो ।

विश्वकप छनोट प्रतियोगिताका शीर्ष ३ एक दिवसीय मान्यता प्राप्त नभएको राष्ट्रहरुले सो मान्यता प्राप्त गर्ने थिए । सुपर सिक्समा प्रवेश गर्न सफल स्कटल्यान्ड र युएईले तीनमध्ये दुई स्थान ओगटिसकेका थिए । हङकङको पराजयसँगै नेपाल एक दिवसीय मान्यता पाउने तेस्रो राष्ट्र हुन सफल भएको हो ।

एक दिवसीय मान्यता नेपाली क्रिकेटमा अहिलेसम्मकै ठूलो उपलब्धिमध्ये एक हो । अबको ४ वर्षसम्म विश्व क्रिकेट लिग, एसियन कप र इन्टर कन्टिनेन्टल कप जस्ता ठूला प्रतियोगिताहरुमा सहभागी भई नेपालले अनुभव बटुल्ने अवसर प्राप्त गर्ने छ । त्यस्तै नेपालले आइसीसी एक दिवसीय वरियतामा पनि स्थान पाउने छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.