7 years ago
March 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले पपुवा न्यु गिनीलाई ६ विकेटले हराएको छ । १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य २३ ओभरमै पुरा गर्यो । नेपालको जितमा बलिङ र ब्याटिङ दुवैतर्फ दिपेन्द्र सिंह ऐरी नायक रहे । यस जितसँगै नेपाल सातौं स्थानको प्ले-अफ खेलको लागि छनोट भएको छ ।
नेपालले आज फेरि आफ्ना ओपनर ज्ञानेन्द्र मल्ल (१ रन) र अनिल शाह (९ रन) लाई सस्तैमा गुमायो । कप्तान पारस खड्का पनि २० रनमा पभेलियन फर्के । त्यसपछि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखको ६७ रनको साझेदारीले नेपालले गति लिएको थियो । आरिफ २६ रनमा आउट भएका थिए । ५८ बलमा ५० रनको शानदार अवजित अर्धशतकिय पारी खेल्दै दिपेन्द्रले नेपालको जित सुनिश्चित पारेका थिए ।
यसअघि टस जितेर पहिले बलिङ रोजेको नेपालले पपुवा न्यु गिनीलाई २७ ओभर २ बलमा १ सय १४ रनमै अलआउट पार्न सफल भएको थियो । नेपालका लागि आज सन्दिप लामिछाने पुन: उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले आफ्नो ८ ओभरमा २९ रन दिँदै ४ विकेट लिन सफल भएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले पनि ४ विकेट लिँदै तल्लो ब्याटिङ क्रम ध्वस्त बनाएका थिए ।
नेपालको पेस बलरद्वय सोमपाल कामी र करण केसीले पनि एकएक विकेट लिए । पपुवा न्यु गिनीका लागि चार्ल्स अमिनीले सर्वाधिक १९ रनको योग्दान दिए भने जेसन किलाले १५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानहरुलाई नेपाली बलरहरुले क्रिजमा लामो समय टिक्न दिएनन् ।
नेपालको विश्वकप सम्भावना समाप्त भए पनि अब नेपालको आशा एक दिवसीय मान्यता प्राप्त गर्नु हो । विश्वकप छनोट प्रतियोगिताका शीर्ष ३ एक दिवसीय मान्यता प्राप्त नभएको राष्ट्रहरुले सो मान्यता प्राप्त गर्ने छन् । सुपर सिक्समा प्रवेश गर्न सफल स्कटल्यान्ड र युएईले तीनमध्ये दुई स्थान ओगटिसकेका छन् । अब नेपाल र हङकङमध्ये अग्रस्थानमा रहने टोलीले एक दिवसीय मान्यता प्राप्त गर्ने छ ।
आजको अर्को खेलमा पहिले ब्याटिङ गर्दै नेदरल्यान्ड्सले हङकङलाई १ सय ७५ रनको लक्ष्य दिएको छ । नेदरल्यान्ड्सले यस अघि नै विश्व क्रिकेट लिगमार्फत एक दिवसीय मान्यता प्राप्त गरिसकेको छ । त्यसैले नेदरल्यान्ड्सले सो खेल जिते नेपालले एक दिवसीय मान्यता प्राप्त गर्ने छ भने हङकङले आजको खेल जितेको खण्डमा नेपालले सातौं स्थानका लागि हङकङलाई हराउनु पर्ने हुन्छ ।
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – सिता राना मगरको कीर्तिमानी बलिङको सहयोगमा महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको चौथो खेलमा नेपालले नेदरल्याण्ड्सबाट प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । नेपालले नेदरल्याण्ड्सबाट १ सय ४१ रनको लक्ष्य पाएको हो । कीर्तिपुरमा रहेको टियु मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० […]
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको अर्धशतकमा सिवाईसी अत्तरियाले अर्जुन ट्रफीमा विजयी सुरुवात गरेको छ । अत्तरियाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको दशरथ चन्द एकेडेमी बैतडीलाई २० ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनायो । दशरथका लागि हिमाल दुलियाले सर्वाधिक ३९ रन जोडे । उनले ३३ बलमा १ चौका र ३ छक्का […]
February 2, 2025
हिमाल खरेल, बिर्तामोडभद्रपुर नगरपालिकालाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भद्रपुरले १ सय २४ रन बनाएको थियो । भद्रपुरको आगि सुमन भट्टराईले सर्वाधिक २८ रनको योगदान गरे पनि अन्य ब्याटरले साथ दिन सकेनन् । जवाफी […]