default_image

7 years ago

March 15, 2018

सन्दिप र दीपेन्द्रको उत्कृष्ट बलिङ, पिएनजी १ सय १४ रनमा अलआउट

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह ‘बि’मा चौथो स्थानमा रहेको नेपाल समूह ‘ए’मा पाँचौं स्थानमा रहेको पपुवा न्यु गिनीको सामना गर्दै छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले पपुवा न्यु गिनीलाई २७ ओभर २ बलमा १ सय १४ रनमै अलआउट पार्न सफल भयो ।

Sandeep Lamichhane

नेपालका लागि आज सन्दिप लामिछाने पुन: उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले आफ्नो ८ ओभरमा २९ रन दिँदै ४ विकेट लिन सफल भएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले पनि ४ विकेट लिँदै शान्दार बलिङ गरे । उनले आफ्नो ४ ओभर २ बलमा १४ रन खर्चेका थिए । नेपालको पेस बलरद्वय सोमपाल कामी र करण केसीले पनि एकएक विकेट लिए ।

पपुवा न्यु गिनीका लागि चार्ल्स अमिनीले सर्वाधिक १९ रनको योग्दान दिए भने जेसन किलाले १५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानहरुलाई नेपाली बलरहरुले क्रिजमा लामो समय टिक्न दिएनन् । अब नेपाल केहि बेरमै ब्याटिङ गर्न उत्रिने छ ।

नेपालको विश्वकप सम्भावना समाप्त भए पनि अब नेपालको आशा एक दिवसीय मान्यता प्राप्त गर्नु हो । प्रतियोगिताका शीर्ष ३ एक दिवसीय मान्यता प्राप्त नभएको राष्ट्रहरुले सो मान्यता प्राप्त गर्ने छन् ।  सुपर सिक्समा प्रवेश गर्न सफल स्कटल्यान्ड र युएईले तीनमध्ये दुई स्थान ओगटिसकेका छन् । अब नेपाल, पपुवा न्यु गिनी र हङकङमध्ये अग्रस्थानमा रहने टोलीले एक दिवसीय मान्यता प्राप्त गर्ने छ । नेदरल्यान्ड्सले यस अघि नै एक दिवसीय मान्यता प्राप्त गरिसकेको छ ।

आज नेपाल र नेदरल्यान्ड्सले आ-आफ्नो खेल जिते नेपालको एक दिवसीय मान्यता सुनिश्चित हुने छ । त्यस्तै आज नेपालले खेल हारेमा सो मान्यता पाउने मौका नेपालले गुमाउने छ । अर्को तर्फ, नेपालले आज खेल जिते र हङकङले नेदरल्यान्ड्सलाई पराजित गरे सातौं स्थानको प्ले-अफका लागि नेपालले फेरि हङकङलाई हराउनै पर्ने हुन्छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.