default_image

7 years ago

March 13, 2018

कसमस र टियु सेमिफाइनलमा

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कसमस कलेज र त्रिभुवन विश्व विद्यालय (टियु) राजधानीमा जारी दोस्रो संस्करणको युनिभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । कसमसले न्यु समिट कलेजलाई तथा टियुले क्यारिबियन कलेजलाई पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको क्वार्टरफाइनलको पहिलो खेलमा कसमसले न्यु समिट कलेजमाथि ४७ रनको जित निकाल्यो । १ सय ५० रनको लक्ष्य पछ्याएको न्यु समिटले ८ विकेट गुमाएर १ सय २ रनमात्र बनाउन सक्यो । न्यु समिटका करण शाहले ३१ तथा शरद खड्काले २५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । कसमसका कुशल भुर्तेले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कसमसले ९ विकेटको क्षतिमा १ सय ४९ रनको मध्यम योगफल तयार पारेको थियो । खराब सुरुवात गरेको कसमसका लागि मध्यक्रमका ब्याट्सम्यान कमलसिंह ऐरीले ५६ रनको अर्धशतकीय इनिङ्सको योगदान दिए । योगेन्द्र सिंह कार्कीले २५ तथा सन्दिप जोराले २४ रन जोडे । न्यु समिटका जनमिजय यादवले ४ विकेट लिए । राजेश यादव र अनुप श्रेष्ठले समान २ विकेट लिए ।

मंगलबारै भएको अर्काे खेलमा टियुले क्यारिविन कलेजलाई १ सय ३६ रनको फराकिलो अन्तर पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । टियुले दिएको २ सय ८ रनको विशाल लक्ष्य पछ्याएको क्यारिबियन १९ ओभर ३ बलमा ७१ रनमा समेटियो । क्यारिबियनका अमित कुशवाहाले १४ तथा जय प्रकाश गुप्ताले १३ रन बनाउनु बाहेक अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । क्यारिबियनलाई सस्तैमा समेट्न पृथु बास्कोटा, विक्रम सोव र सागर ढकालले समान ३ विकेट लिए । क्षितिज सिंहले १ वकेट हात पारेका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको टियुले इशान पाण्डेको नटआउट १ सय २६ रनको शतकीय इनिङ्सको मद्दतमा २ विकेट गुमाएर २ सय ७ रनको विशाल योगफल बनाएको थियो । ७० बल खेलेका इशानले १६ चौका र ५ छक्का प्रहार गरे । पृथु बास्कोटा ३२ र सुवास खकुरेलले २४ रन जोडे । सोनु तामाङ १२ रनमा आउट भएका । टकसाका सिम्खडाले २ विकेट लिए । प्रतियोगिता अन्तर्गत बुधबार क्वार्टरफाइनलको खेल शंकरदेव कलेज र डिएभी तथा ओमेघा कलेज र गोल्डेनगेट कलेजबीच खेल हुनेछ ।

October 7, 2024

इङ्ग्ल्यान्डको लगातार दोस्रो जित

एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपमा इङ्ग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । इङ्ग्ल्यान्डले सोमवार दक्षिण अफ्रिकामाथि ७ रनको जित हात पार्यो । १ सय २५ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि शारजहामा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ […]

October 7, 2024

इङ्ग्ल्यान्डविरुद्ध पाकिस्तानको मजबुत सुरुवात

एजेन्सी – पाकिस्तानले इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो दिन मजबुत सुरुवात गरेको छ । ३ टेस्टको सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो दिन सोमवारको खेल सकिदा ४ विकेट गुमाएर ३ सय २८ रन जोडेको छ । नसिम शाह र साउद सकिल क्रिजमा छन् । […]

October 7, 2024

एनपिएल अक्सनमा सुदूरपश्चिमको दबदबा, पूर्वको शून्यता

सुबास हुमागाईं, काठमाडौं नेपाल प्रिमियर लिग (एनपिएल) मा देशभरका ८ सहरको प्रतिनिधित्व गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज घोषणा गरेको थियो । क्रिकेटको क्रेज रहेका मुख्य ८ क्षेत्रलाई समेट्नुको कारण त्यस क्षेत्रको क्रिकेटलाई थप बढावा दिनु र स्थानीय स्तरमा खेलाडी विकासमा योगदान दिनु थियो । सहभागी फ्रेन्चाइजहरुले आइतबार सम्पन्न अक्सनबाट पहिलो सिजनका लागि टोली […]

Success

Thank you for your time.