default_image

7 years ago

March 12, 2018

रोहित र सोमपालको साझेदारीमा नेपाल विजयी, अब एकदिवसीय मान्यताको आशा

55 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हराएको छ । यो जित प्रतियोगितामा नेपालको पहिलो जित पनि हो । नेपालको विश्वकप खेल्ने सम्भावना टुङिए पनि एकदिवसीय मान्यताको सम्भावनाको ढोका भने खुलेको छ ।

१ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ औं ओभरमा सो लक्ष्य पुरा गर्दै तालिकाको चौथो स्थानमा उक्लेको छ । नेपालको आज ओपनिङ केहि सुधारिएको देखियो । ज्ञानेन्द्र मल्लले १२ रन जोडे भने अनिल शाहले २६ रन बनाएका थिए । त्यस्तै आज कप्तान पारस खड्का ११ रनमा आउट भए । मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र ऐरी १२ र आरिफ शेख २ रनमा आउट भएका थिए ।

एक समय नेपालको ५ विकेटको क्षतिमा ६६ रन थियो । तर सोमपाल कामी र रोहित पौडेलको शानदार साझेदारी नेपालको जितको आधार रह्यो । रोहितले ८६ बलमा ४८ रन बनाए भने सोमपालले ४० बलमा ३७ रनको योग्दान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८ ओभर २ बलमा १ सय ५३ रन बनाउँदै अलआउट हुन पुग्यो । हङकङका ओपनर निजाकत खानले सर्वाधिक ४७ रन जोडेका थिए । उनलाई ललित राजवंशीले आउट गरेका थिए । त्यस्तै कप्तान बाबर हायतले २० रन जोडेका थिए । तन्विर अफ्जालले १० रन जोडे र अन्त्यमा एहसान खानले २५ रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आज नेपाली बलरको कसिलो बलिङ प्रदर्शन रह्यो । सन्दिप लामिछानेले ३ विकेट लिए भने वसन्त रेग्मीले दुई विकेट लिए । सन्दिपले १० ओभरमा ४ मेडेन राख्दै केवल १७ रन दिए भने वसन्तले आफ्नो १० ओभरमा केवल २० रन खर्चेका थिए । करण केसीले दुई र सोमपाल कामीले पनि एक विकेट लिएका थिए ।

नेपालले अब समूह ‘ए’मा पाँचौं रहेको पपुवा न्यु गिनीको सामना गर्ने छ । सो खेल जितेमा नेपालले सातौं स्थानको प्ले-अफ खेल्ने छ । नतिजा अनुकुल रहे नेपालले एक दिवसीय मान्यता पनि पाउने छ ।

October 7, 2024

इङ्ग्ल्यान्डको लगातार दोस्रो जित

एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपमा इङ्ग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । इङ्ग्ल्यान्डले सोमवार दक्षिण अफ्रिकामाथि ७ रनको जित हात पार्यो । १ सय २५ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि शारजहामा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ […]

October 7, 2024

इङ्ग्ल्यान्डविरुद्ध पाकिस्तानको मजबुत सुरुवात

एजेन्सी – पाकिस्तानले इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो दिन मजबुत सुरुवात गरेको छ । ३ टेस्टको सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो दिन सोमवारको खेल सकिदा ४ विकेट गुमाएर ३ सय २८ रन जोडेको छ । नसिम शाह र साउद सकिल क्रिजमा छन् । […]

October 7, 2024

एनपिएल अक्सनमा सुदूरपश्चिमको दबदबा, पूर्वको शून्यता

सुबास हुमागाईं, काठमाडौं नेपाल प्रिमियर लिग (एनपिएल) मा देशभरका ८ सहरको प्रतिनिधित्व गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज घोषणा गरेको थियो । क्रिकेटको क्रेज रहेका मुख्य ८ क्षेत्रलाई समेट्नुको कारण त्यस क्षेत्रको क्रिकेटलाई थप बढावा दिनु र स्थानीय स्तरमा खेलाडी विकासमा योगदान दिनु थियो । सहभागी फ्रेन्चाइजहरुले आइतबार सम्पन्न अक्सनबाट पहिलो सिजनका लागि टोली […]

Success

Thank you for your time.