default_image

7 years ago

March 12, 2018

टियु ‘ए’ र गोल्डेनगेट क्वार्टरफाइनलमा

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्व विद्यालयको ‘ए’ टोली र गोल्डेनगेट कलेज राजधानीमा जारी दोस्रो संस्करणको युनभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

टियु ‘ए’ समूह ‘ए’ बाट र गोल्डेगेट कलेज समूह ‘बी’ बाट अन्तिम आठमा पुग्न सफल भएका हुन् । यससँगै प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । समूह ‘ए’ बाट न्यु समिट, क्यारिविन र कसमस कलेजले अन्तिम आठमा स्थान बनाएका थिए । समूह ‘बी’ बाट शंकरदेव, जनता र डिएभीले क्वार्टरफाइनलमा स्थान बनाएका थिए । क्वार्टरफाइनलका खेलहरु मंगलबारबाट हुनेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको पहिलो खेलमा टियुले ट्रिटन कलेजलाई २४ रनले पराजित गर्‍यो । टियुले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको ट्रिटनले ७ विकेट गुमाएर १ सय ४२ रनमात्र बनाउन सक्यो । ट्रिटनका लागि भीम सार्कीले ५१ रनको अविजित इनिङ्स खेलेपनि टिमलाई जिताउन सकेनन् । हेमन्त कार्कीले २२ रन जोडे । टियुका क्षितिज सिंहले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको टियुले ६ विकेटको क्षतिमा १ सय ६६ रनको मध्यम योगफल तयार पारेको थियो । टियुका इशान पाण्डे ५५ रनमा नटआउट रहे । पृथु बास्कोटा तथा सुवास खकुरेलले २४ रनको योगदान दिए । ट्रिटनका अविनास अधकारीले ३ विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको दोस्रो खेलमा गोल्डेनगेटले सेन्ट जेभियर कलेजमाथि १ सय २४ रनको फराकिलो जित निकाल्यो ।गोल्डेनगेटले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको सेन्ट जेभियरले १८ ओभरमा सबै विकेट गुमाएर ७४ रनमा समेटियो । जेभियरका अनुप सिंहले ४६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

जेभियरलाई सस्तैमा समेट्न रवि कुमार शाहले ४ तथा सन्जय श्रेष्ठले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेनगेटले ओपनर नरेश बुढाऐरको नटआउट ९८ रनको मद्दतमा दुई विकेट गुमाएर १ सय ९८ रनको विशाल योगफल तयार पारेको थियो । ६२ बल खेलेका नरेशले ११ चौका र २ छक्का प्रहार गरे । भुपेन्द्र थापा ४८ रनमा नटआउट रहे । सुशान्त सिंह थापाले ३२ रन जोडे । कपिल पाण्डे र सुमन श्रेष्ठले समान १–१ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत मंगलबार क्वार्टरफाइनलको पहिलो खेलमा न्यु समिट र कसमस केलज तथा दोस्रो खेलमा क्यारिविन र टयु ‘ए’ बीच हुनेछ । नकआउटका आधारमा भैरहेको प्रतियोगितामा विभिन्न १६ कलेजले सहभागिता जनाएका छन् ।

October 7, 2024

इङ्ग्ल्यान्डको लगातार दोस्रो जित

एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपमा इङ्ग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । इङ्ग्ल्यान्डले सोमवार दक्षिण अफ्रिकामाथि ७ रनको जित हात पार्यो । १ सय २५ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि शारजहामा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ […]

October 7, 2024

इङ्ग्ल्यान्डविरुद्ध पाकिस्तानको मजबुत सुरुवात

एजेन्सी – पाकिस्तानले इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो दिन मजबुत सुरुवात गरेको छ । ३ टेस्टको सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो दिन सोमवारको खेल सकिदा ४ विकेट गुमाएर ३ सय २८ रन जोडेको छ । नसिम शाह र साउद सकिल क्रिजमा छन् । […]

October 7, 2024

एनपिएल अक्सनमा सुदूरपश्चिमको दबदबा, पूर्वको शून्यता

सुबास हुमागाईं, काठमाडौं नेपाल प्रिमियर लिग (एनपिएल) मा देशभरका ८ सहरको प्रतिनिधित्व गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज घोषणा गरेको थियो । क्रिकेटको क्रेज रहेका मुख्य ८ क्षेत्रलाई समेट्नुको कारण त्यस क्षेत्रको क्रिकेटलाई थप बढावा दिनु र स्थानीय स्तरमा खेलाडी विकासमा योगदान दिनु थियो । सहभागी फ्रेन्चाइजहरुले आइतबार सम्पन्न अक्सनबाट पहिलो सिजनका लागि टोली […]

Success

Thank you for your time.