default_image

7 years ago

March 12, 2018

हङकङ १ सय ५३ रनमै समेटियो, सन्दिपको ३ विकेट

64 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङ भिड्दै छन् । टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८ ओभर २ बलमा १ सय ५३ रन बनाउँदै अलआउट हुन पुग्यो ।

हङकङका ओपनर निजाकत खानले सर्वाधिक ४७ रन जोडे । उनलाई ललित राजवंशीले आउट गरेका थिए । त्यस्तै कप्तान बाबर हायतले २० रन जोडेका थिए । तन्विर अफ्जालले १० रन जोडे र अन्त्यमा एहसान खानले २५ रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आज नेपाली बलरको कसिलो बलिङ प्रदर्शन रह्यो । सन्दिप लामिछानेले ३ विकेट लिए भने वसन्त रेग्मीले दुई विकेट लिए । सन्दिपले १० ओभरमा ४ मेडेन राख्दै केवल १७ रन दिए भने वसन्तले आफ्नो १० ओभरमा केवल २० रन खर्चे । करण केसीले दुई र सोमपाल कामीले पनि एक विकेट लिए ।

टस हारेर बलिङ गर्न परेसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना अन्त्य जस्तै भएको थियो । नेपालले १ सय ५४ रनको लक्ष्य करिब ५ ओभरमा पुरा गर्नु पर्ने छ । हङकङमाथि जित दर्ता गर्दै र हङकङलाई रनरेटमा उछिन्दै नेपालको एकदिवसीय मान्यता पाउने ढोका खुल्ने छ ।

October 7, 2024

इङ्ग्ल्यान्डको लगातार दोस्रो जित

एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपमा इङ्ग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । इङ्ग्ल्यान्डले सोमवार दक्षिण अफ्रिकामाथि ७ रनको जित हात पार्यो । १ सय २५ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि शारजहामा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ […]

October 7, 2024

इङ्ग्ल्यान्डविरुद्ध पाकिस्तानको मजबुत सुरुवात

एजेन्सी – पाकिस्तानले इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो दिन मजबुत सुरुवात गरेको छ । ३ टेस्टको सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो दिन सोमवारको खेल सकिदा ४ विकेट गुमाएर ३ सय २८ रन जोडेको छ । नसिम शाह र साउद सकिल क्रिजमा छन् । […]

October 7, 2024

एनपिएल अक्सनमा सुदूरपश्चिमको दबदबा, पूर्वको शून्यता

सुबास हुमागाईं, काठमाडौं नेपाल प्रिमियर लिग (एनपिएल) मा देशभरका ८ सहरको प्रतिनिधित्व गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज घोषणा गरेको थियो । क्रिकेटको क्रेज रहेका मुख्य ८ क्षेत्रलाई समेट्नुको कारण त्यस क्षेत्रको क्रिकेटलाई थप बढावा दिनु र स्थानीय स्तरमा खेलाडी विकासमा योगदान दिनु थियो । सहभागी फ्रेन्चाइजहरुले आइतबार सम्पन्न अक्सनबाट पहिलो सिजनका लागि टोली […]

Success

Thank you for your time.