default_image

7 years ago

March 12, 2018

महत्त्वपूर्ण खेलमा नेपालले हङकङको सामना गर्दै

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग भिड्दै छ । आफ्ना अघिल्ला ३ खेल हारे पनि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना भने अझै जीवित रहेको छ ।

नेपाल आफ्नो पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित हुन पुग्यो । शनिबार खेलिएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । तीन हारका बावजुद नेपालको सुपर सिक्समा पुग्ने सम्भावना अति न्युन रहे पनि अझै जीवित छ ।

अर्को तर्फ हङकङ स्कटल्यान्ड र जिम्बावेसँग हारे पनि अफगानिस्तानविरुद्ध जित दर्ता गर्न सफल रह्यो । समूह ‘बि’मा नेपाल र हङकङसहित जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तान रहेका छन् । स्कटल्यान्ड र जिम्बावे सुपर सिक्समा प्रवेश गरिसकेका छन् भने एक स्थान अझै खाली रहेको छ ।

अफगानिस्तान र हङकङको दुईदुई अंक रहेको छ भने अंकविहिन रहेको नेपाल पुछारमा रहेको छ । आज हङकङविरुद्ध विशाल अन्तरको जित दर्ता गर्न सके नेपालले अफगानिस्तानलाई रनरेटमा उछिन्न सक्छ । तर हङकङलाई सामान्य अन्तरले हराउँदा नेपाल चौथो स्थानमा उक्लिने छ र प्ले-अफ खेल्दै एकदिवसीय मान्यता पाउन सक्ने सम्भावना रहेको छ ।

नेपालको ओपनिङले निकै आलोचना खेपिरहेको बेला आज ओपनरहरुको प्रस्तुति हेर्नलायक रहने छ । अघिल्लो खेलमा शरद भेषावकर ह्यामस्ट्रिङको चोटका कारण सहभागी थिएनन् भने उनको स्थानमा आएका करण केसीले सन्तोषजनक प्रदर्शन गरेका थिए ।

आज पनि ब्याटिङ लाइनअपमा केहि फेरबदल रहने देखिन्छ । नेपालको हङकङसँग इतिहास भने खराब छ । खेलिएका दुई पछिल्ला खेलमा हङकङले दुवैमा जित हांसिल गरेको छ । आजको खेल नेपाली समयअनुसार दिउसो १.१५ बजे सुरु हुने छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.