7 years ago
March 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता शंकरदेव कलेज र कसमस कलेज राजधानीमा जारी दोस्रो संस्करणको युनभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा शंकरदेवले युनिग्लोब कलेजमाथि ६५ रनको जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएको हो । शंकरदेवले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको युनिग्लोबले नर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७२ रनमात्र बनाउन सक्यो । रोवेश पाण्डे र रौनक ढुंगानाले समान १७–१७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन । शंकरदेवका रामनरेश गिरीले २ तथा प्रदिप ऐरी र विनोद भट्टराईले समान १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको शंकरदेवले १ सय ३७ रन बनाएको थियो । उसका लागि सुवेन्दु पाण्डेले सर्वाधिक ४१ रनको योगदान दिए । प्रेम तामाङ २६ तथा आयुष्मान बमले २५ रन जोड्दा सुनिल धमलाले १४ रन बनाए । युनिग्लोबका रौनक ढुंगाना र निर्मल क्षेत्रीले समान ३–३ विकेट लिए । अभिनव यादवले २ विकेट लिए । शंकरदेवका सुवेन्दु पाण्डे खेलको म्यान अफ दि म्याच घोषित भए ।
यो समूहबाट डिएभी र जनता कलेजले क्वार्टर फाइनलमा स्थान बनाइसकेका छन् । त्रिवि क्रिकेट मैदानमा आइतबारै भएको अर्काे खेलमा कसमसले नेपाल कमर्श क्याम्पसमाथि ५ रनको जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भयो ।
कसमसले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको नेपाल कमर्श क्याम्पसले ६ ओभर १ बल खेलेर २ विकेट गुमाएर ५४ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल शुरु हुन नसक्दा डिएल पद्धतिमा ५ रनको जित निकालेको हो । कमर्शका सुर्य बोहराले २३ रन बनाए । प्रकाश विष्ट १४ रनमा नटआउट रहँदा सुमन उदयले १० रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कसमसले ८ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको थियो । कसमसका लागि कुशल भुर्तेलले ३९ रन तथा सन्दिप जोराले ३८ रन जोडे । हिमांशु दत्त ३३ तथा कमल सिंह ऐरीले २७ रनको योगदान दिए । कमर्शका बसन्त खत्री, प्रकाश विष्ट र इन्द्रकमल मानन्धरले समान २–२ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत सोमबार टियु ‘ए’ र ट्रिटन कलेज तथा गोल्डेन गेट र सेट जेभियरबीच खेल हुनेछ । नकआउटका आधारमा भैरहेको प्रतियोगितामा विभिन्न १६ कलेजले सहभागिता जनाएका छन् ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]