7 years ago
March 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जारी आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ मा नेपालले आफ्नो तेस्रो लगातार हार बेहोरेको छ । आजको खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको हो । यस जितसँगै अफगानिस्तानले प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
१ सय ९५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले सो लक्ष्य ३८ ओभर ४ बलमै पुरा गर्न सफल रह्यो । अफगानिस्तानका लागि नजिबुलाह जद्रानले अवजित ५२ रन बनाए । त्यस्तै रहमत शाहले ४६ रनको योग्दान दिएका थिए । कप्तान रशिद खानले २१ रन बनाए भने मोहम्मद नबिले ३४ रन जोडे । नेपालका लागि दिपेन्द्र ऐरीले दुई विकेट लिए ।
यसाघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ४९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९४ रन बनाउन सफल भएको थियो । नेपालका लागि कप्तान पारस खड्काले शानदार ब्याटिंग गर्दै ७५ रन बनाएका थिए । लिस्ट ए क्रिकेटमा पारसको यो आठौं अर्धशतक हो । ओपनर अनिल शाह ७ रनमा आउट भएपछि पारस र उपकप्तान ज्ञानेन्द्र मल्लबीच ९२ रनको साझेदारी बनेपनि ज्ञानेन्द्रले ६९ बलमा २४ रन मात्र बनाएका थिए ।
त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३२ रन तथा आरिफले २३ रन जोडेका थिए । अघिल्लो २ खेलमा टोलीमा स्थान नपाएका करण केसी ६ रनमा आउट भएका थिए भने वसन्त रेग्मी ९ रनमा नट आउट रहे । नेपाली ब्याट्सम्यानहरुलाई रोक्ने क्रममा मोहम्मद नावीले ४ विकेट लिए भने राशिद खानले ३ तथा शपुद जद्रानले पनि २ विकेट लिएका थिए ।
भिडियो – पारसको अर्धशतक
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]