7 years ago
March 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – क्यारिविन कलेज र जनता कलेजले राजधानीमा जारी दोस्रो सस्करणको युनभर्सिटी क्रिकेट कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार क्यारिविन कलेजले के एण्ड के कलेजमाथि ९ विकेटको फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यो समूहबाट न्यु समिट कलेजले यसअघि नै अन्तिम आठमा स्थान बनाइसकेका छन् । अब यो समूहबाट दुई टिमले अन्तिम आठमा स्थान बनाउनेछन् ।
के एण्ड के ले दिएको १ सय ५ रनको झिनो लक्ष्य क्यारिविनले ९ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो । क्यारिविनका पंकज दास ४५ रनमा नटआउट रहे । जय प्रकाश गुप्ता ४६ रनमा आउट भए । सुसन श्रेष्ठले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको के एण्ड केले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनमात्र बनाउन सक्यो । के एण्ड के का कुन्दन यादवले २८ रन बनाए । गौरी शंकर दास १८ रनमा नटआउट रहँदा राम भट्टराई १५ रनमा आउट भए । के एण्ड केलाई कम रनमा समेट्न क्यारिविनका आसिफ पौडेल र गणेश भट्टले समान २ विकेट लिदा टकशाका सिम्खडा र महेन्द्र शर्माले समान एक विकेट लिए ।
त्रिवि क्रिकेट मैदानमा शनिबारै भएको अर्काे खेलमा जनता कलेजले ओमेघा कलेजमाथि १० रनको जित निकाल्यो । जनताले दिएको १ सय २५ रनको लक्ष्य पछ्याएको ओमेघाले ७ विकेट गुमाएर १ सय १४ रनमात्र बनाउन सक्यो । ओमेघाका तल्लो क्रमका सुविन बोगटीले २७ रनको अविजित इनिङ्स खेलेपनि टिमलाई जिताउन सकेन । अंकित प्रताप सिंहले २१ रन जोडे । अभियान बस्नेत १३ तथा हरिकृष्ण झा र नवनि यादवले समान १२ रन बनाए । अनुप कोइराला र सम्र्वद्धन दवाडीले समान २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनता कलेजले ४ विकेट गुमाएर १ सय २४ रनको मध्यम योगफल तयार पारेको थियो । जनताका लागि ओपनर दपेश दासले ६१ रनको योगदान दिए । प्रकाश न्यौपाने २६ रनमा नटआउट रहँदा निराजन केसीले २४ रन जोडे । हरिकृष्ण झाले दुई विकेट लिए ।
प्रतियोगिता अन्तर्गत आइतबार शंकरदेव कलेज र युनिग्लोब कलेज तथा नेपाल कमर्श कलेज र कसमस कलेजबीच खेल हुनेछ । नकआउटका आधारमा भैरहेको प्रतियोगितामा विभिन्न १६ कलेजले सहभागिता जनाएका छन् ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]