default_image

7 years ago

March 10, 2018

नेपालले दियो अफगानिस्तानलाई १ सय ९५ रनको लक्ष्य

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा टस जितेर ब्याटिंग रोजेको नेपालले अफगानिस्तानलाई १ सय ९५ रनको लक्ष्य दिएको छ ।५० औं ओभरको पाँचौ बलमा अन्तिम विकेट गुमाएपछि नेपाल १ सय ९४ रनमा अल आउट भएको हो । 

नेपालका लागि कप्तान पारस खड्काले शानदार ब्याटिंग गर्दै ७५ रन बनाए । लिस्ट ए क्रिकेटमा पारसको यो ८ औं अर्धशतक हो । ओपनर अनिल शाह ७ रनमा आउट भएपछि पारस र उपकप्तान ज्ञानेन्द्र मल्लबीच ९२ रनको साझेदारी बनेपनि ज्ञानेन्द्रले ६९ बलमा २४ रन मात्र बनाए ।

त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३२ रन तथा आरिफले २३ रन जोडे । अघिल्लो २ खेलमा टोलीमा स्थान नपाएका करण केसी ६ रनमा आउट भए । वसन्त रेग्मी ९ रनमा नट आउट रहे ।

नेपाली ब्याट्सम्यानहरुलाई रोक्ने क्रममा मोहम्मद नावीले ४ विकेट लिए भने राशिद खानले ३ तथा शपुद जद्रानले पनि २ विकेट लिए ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.