7 years ago
March 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट चरणको तेस्रो खेलमा अफगानिस्तान विरुद्ध कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् । अघिल्लो दुई खेलमा पनि राम्रो प्रदर्शन गरेका पारसले आज पनि अर्धशतक बनाए । पहिलो खेलमा जिम्बावेविरुद्ध ४० रन बनाएका पारसले दोस्रो खेलमा स्कटल्याण्ड विरुद्ध ६३ रनको योगदान दिएका थिए ।
टस जितेर पहिले ब्याटिंग रोजेको नेपालका लागि ओपनर अनिल शाह ७ रनमा आउट भएपछि आएका पारसले ५४ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् । पारसले २२ औं ओभरको पहिलो बलमा राशिद खानलाई चौका प्रहार गर्दै ५३ रन बनाएका थिए । उनी ५८ रनमा अविजित छन् ।
उनलाई उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रनमा साथ् दिंदै छन् । ज्ञानेन्द्रले ५८ बलको सामना गरेका हुन् ।
नेपाल हाल २२ ओभरको अन्त्यमा १ विकेट गुमाउँदै ८७ रन बनाउन सफल भएको छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]