7 years ago
March 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र अफगानिस्तान दुवै टोली जिम्बावेका जारी आइसीसी एक दिवसिय विश्वकप छनोट क्रिकेटमा पहिलो जितको खोजीमा एकअर्काको सामना गर्दैछन् । अफगानिस्तान विरुद्ध नेपाल टस जितेर पहिले ब्याटिङ गर्दै छ ।
नेपालले २ र अफगानिस्तनले ३ खेल खेलिसक्दा अहिले सम्म जितको खाता खोल्न सकेका छैनन् । नेपाल सुरुआती दुई खेलमा जिम्बावे र स्कटल्यान्डसँग पराजित भएको थियो । प्रतियोगिताको दाबेदार मध्येको एकका रुपमा हेरिएको अफागनिस्तान स्कटल्यान्ड, जिम्बावे र हङकङ पराजित भइसकेको छ ।
सुपर सिक्स पुग्ने सम्भावना जीवित राख्नका लागि पनि दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । नेपाल र अफगानिस्तानबीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले एक पटक जितेको छ भने बाँकी सबै खेल गुमाएको छ ।
आज टोलीका सिनियर ब्याट्सम्यान शरद भेषावकर घाइते भएका कारण टोलीमा छैनन् । उनलाई ह्यामस्ट्रिङमा समस्या देखिएको छ । त्यस्तै ओपनर दिलिप नाथ पनि सुरुवाती ११ मा छैनन् । शरद र दिलिपको स्थानमा करण केसी र अनिल शाह सुरुवाती ११ मा आएका छन् । खेल १.१५ बजे सुरु हुने छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]