7 years ago
March 9, 2018
ढाका (एजेन्सी) – गए राति सम्पन्न भारत विरुद्ध बंग्लादेशको टि-२० अन्तर्राष्ट्रिय खेलमा भारत ६ विकेटले विजयी भएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंग्लादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन जोड्न सफल भएको थियो । बंग्लादेशका लागि लिटोन दासले सर्वाधिक ३४ रन जोडे भने सब्बिर रहमानले ३० रनको योग्दान दिएका थिए । भारतका लागि जयदेव उनाद्कटले ३ विकेट लिएका थिए ।
जवाफमा भारतले १ सय ४० रनको लक्ष्य ४ विकेटको क्षतिमा १८ ओभर ४ बलमै पुरा गर्यो । भारतका लागि ओपनर शिखर धवनले सर्वाधिक ५५ जोडे । त्यस्तै सुरेश रैनाले २८ रनको योग्दान दिए भने मनिश पाण्डे २७ रनमा अवजित रहे । दोस्रो टि-२० खेल बुधबार खेलिने छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]